एएनएचएसमा केदार तिम्सिनाको अध्यक्षतामा नयाँ नेतृत्व

मनासस, भर्जिनिया ।

अमेरिकी राजधानी वासिङ्गटन डिसीसित जोडिएर रहेको भर्जिनिया राज्यमा सक्रिय सामुदायिक नेपाली संस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) को नयाँ कार्यसमिति केदारप्रसाद तिम्सिनाको अध्यक्षतामा शनिबार निर्विरोध निर्वाचित भएको छ ।

निर्वाचित हुने अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष जानुकी ओझा, उपाध्यक्ष रमेश ढकाल, महासचिव हरिराम भण्डारी, कोषाध्यक्ष रामभक्त अधिकारी र सचिव आरती सिग्देल छन् ।

यसै गरी कार्यकारी समिति सदस्यहरुमा क्रमशः मन्जु थापा, लक्ष्मी रेग्मी, मौसम श्रेष्ठ, यज्ञ चापागाई, क्षितिज न्यौपाने, बिष्णु केसी, संगीता लामा र कामना अधिकारी पन्थी निर्वाचित भएका छन् । सदस्य मन्जु थापाले मिडिया कोअर्डिनेटरको रूपमा समेत काम गर्ने दायित्व छ ।

तीन सदस्यीय निर्वाचन समितिमा एएनएचएसका संस्थापक अध्यक्ष सागर कँडेल, कमल भट्टराई र उत्तम गौतम थिए । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन आयुक्त कमल भट्टराईले सपथ ग्रहण गराएका थिए ।

ANHS new exe.comite 1

मनासस सहरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष तिम्सिनाले आफ्नो पूर्ववर्ती समितिले गर्दै आएका र अन्य नयाँ  कामलाई निरन्तरता दिने बताए । उन्ले समाजले के चाहन्छ भन्ने सन्दर्भमा समाजको सरसल्लाह र सुझाव लिएर अगाडि बढ़ने बताए ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा आफ्नो विदाई वक्तव्य दिँर्द निवर्तमान अध्यक्ष कमला खरेलले सबै एएनएचएस सदस्य एक परिवार जस्तै भएकाले सबैको सरसहयोगबाटै संस्था अगाडि बढ्न सक्ने तथ्य उल्लेख गरिन् । उनले आफूले पदमा नरहे पनि आफ्नो तर्फबाट सम्पूर्ण सहयोग यथावत् रहने पनि बताइन् ।

निवर्तमान महासचिव विवश अर्याल तथा कोषाध्यक्षले आफ्नो बार्षिक प्रतिवेदन प्रस्तुत गरेको साधारण सभामा दोस्रो एएनएचएस को विधान संशोधित भई पारित गरिएको थियो ।

सन् २००८ मा स्थापना भएदेखि नै पूर्ण क्रियाशील रहँदै आएको एएनएचएसमा हालसम्म भएका सबै नेतृत्व सर्वसम्मत रूपमा  निर्बिरोध चयन हुँदै आएका छन् ।

कार्यक्रममा  नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

सोमबार, वैशाख १६, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*