एनआरएनएमा नयाँ कार्यसमिति, अध्यक्षमा कुमार पन्त

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन भएको छ ।

शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् । पन्तले एक हजार २१७ मत ल्याए भने आचार्यले एक हजार ७० मत ल्याए ।

महिलासहित ५ उपाध्यक्षमा भने मिश्रति परिणाम आएको छ । खुलातर्फ पन्त समूहका बद्री केसी (११६३), अर्जुनकुमार श्रेष्ठ (१०२७), सोनाम लामा (८९८) र आचार्य समूहका मन केसी (९६१) विजयी भएका छन् ।

महिला उपाध्यक्षमा पनि आचार्य समूहकै रविना थापा १२२१ मतका साथ विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी पन्त समूहकी सपिला राजभण्डारीले ८६३ मत ल्याएकी छन् ।

यस्तै २ सचिवमा गौरीराज जोशी (९१६) र आरकेशर्मा (८६८) विजयी भएका छन् ।

कोषाध्यक्षमा महेसकुमार श्रेष्ठ (१६५३) मतका साथ विजयी भएका छन् भने सहकोषाध्यक्षमा लोकप्रसाद दहाल (११८४) विजयी भएका छन् ।

महिला संयोजकमा भोमादेवी लिम्बु (७०२), युवा संयोजकमा हिमाल गुरुङ (७६८) विजयी भएका छन् ।

 

NRNA

मध्यपूर्व र अफ्रिका क्षेत्रमा सबै निर्बिरोध

मध्यपूर्व र अफि्रका क्षेत्रका भने सबै निर्बिरोध निर्वाचित भएका छन् ।

मध्यपूर्व क्षेत्रको संयोजकमा प्रवीन गुरुङ, दुई उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्बिरोध चयन भएका हुन् ।

महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवो संयोजकमा राजु रेग्मी पनि निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्विरोध निर्वाचित भएका छन् ।

क्षेत्रीय उपसंयोजक र युवा संयोजकमा भने उम्मेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ ।

यसिया प्रशान्त क्षेत्रको संयोजकमा श्रेष्ठ

यसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ (२१७) विजयी भएका छन् । अन्य २ जना उम्मेदवार पराजित भएका छन् ।

दुई उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने (१९८) र पारसमणि पोखरेल (१९५) विजयी भए ।

महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कंडेल निर्बिरोध निर्वाचित भएका छन् ।

अमेरिका क्षेत्रको संयोजकमा त्रिपाठी

अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी (१५४) विजयी भएका छन् । उपसंयोजकमा राम सी पोखरेल (१५०) विजयी भए ।

महिला संयोजकमा उमा कार्की थापा (१४४) विजयी भइन् भने युवा संयोजकमा विमला सापकोटा निर्बिरोध भइन् ।

ओेसेनियाको संयोजकमा पाण्डे

ओसेनिया क्षेत्रको संयोजकमा होमनाथ पाण्डे (१०५) विजयी भएका छन् । उनी ३ मतान्तरले मात्रै विजयी भए । उनका प्रतिस्पर्धी दिनेशराज जोशीले १०२ मत ल्याएका छन् ।

उपसंयोजकमा नवीन कंडेल (१०७) विजयी भएका छन् । उनका प्रतिस्पर्धी हरि राम्जालीले १०० मत ल्याए ।

महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया भने निर्बिरोध चयन भएका छन् ।

युरोप क्षेत्रको संयोजकमा आचार्य

युरोप क्षेत्रको संयोजकमा नारायणप्रसाद आचार्य (२७४) विजयी भएका छन् ।

शनिबार, २ कात्तिक २०७६ मा प्रकाशित 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*