कोरोनाभाइरसविरुद्धको युद्ध : चीनको आलोचना गर्ने पश्चिमी देशहरू चीनलाई नै पछ्याउँदै

विचार/प्रा.डा. वाङ चुङ

‘हामी लापरवाही गर्ने छैनौँ, युद्धबाट थकित हुनेछैनौँ वा हाम्रा प्रयासमा ढिला हुनेछैनौँ । हामी प्रकोपको रोकथाम र नियन्त्रण कार्यमा थकित नहुने गरी, लापरवाही नहुने गरी विभिन्न कदम जारी राख्नुपर्छ र हामी दृढतापूर्वक हुबेई र उहानको प्रतिरक्षा युद्ध जित्नेछौँ ।’ चीनको सर्वोच्च नेता सी चिनफिङले मार्च १० तारिकका दिन उहानको निरीक्षण गर्दा महामारीको रोकथाम र नियन्त्रणको लडाइँ जित्ने निर्णायक आदेश जारी गर्नुभएको छ । उहान महामारीको विरुद्ध चीनको लडाइँको अग्रमोर्चा हो ।

महामारी रोकथाम र नियन्त्रण कार्य चीनको सर्वाेच्च नेताको प्राथमिकता

बेइजिङमा उहाँको पछिल्लो दुई पटक निरीक्षण पछि यो महामारीको रोकथाम र नियन्त्रणका अग्रबिन्दुको सीको तेस्रो भ्रमण हो । तर यस पटकको निरीक्षणको भिन्नै अर्थ रहेको छ । यो पटक उहाँ चीनमा प्रकोपको केन्द्र तथा युद्धको अग्रभागमा आउनुभएको छ, जसलाई बाह्य जगतले व्यापक रूपमा मौसम फलकको रूपमा मानेका छन् ।

यसअघि विश्व स्वास्थ्य सङ्गठनका विज्ञहरूले सी चिनफिङले कमान्ड गरेको यस पटकको अभूतपूर्व ‘जनयुद्ध’ विजयता हासिल गर्न थालेको छ र ‘चीनमा महामारीको अन्त हुँदैछ’ भनी ठानेका छन् ।

उहानमासी चिनफिङको आगमनको दिनमै कोरोना भाइरस निमोनियाका बिरामीहरूको उपचारका लागि स्थापना गरिएका १४ वटा अन्तरिम अस्पताल मध्येको अन्तिम अस्पताल पनि बन्द गरिए । ‘अन्तरिम अस्पताल बन्द भएपछि उहानमा महामारीको रोकथाम र नियन्त्रणले वास्तवमा गुणात्मक छलाङ्ग देखाएको छ ।’ विज्ञहरूका अनुसार चीनमा यस महामारीको रोकथाम तथा नियन्त्रणको लडाइँ अन्तिम चरणमा नजिकँदै आएको मानिन्छ ।

Wang Chuk, Pro

——  प्रा.डा. वाङ चुङ

दुई महिनाभन्दा पनि कम समयमा विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको देश चीनले यस प्रकोपविरुद्ध लडाइँमा उल्लेखनीय परिवर्तन ल्याएको छ, जुन व्यापक रूपमा चीनको शीर्ष नेताले जनताको साथमा सङ्घर्ष गरिरहेको परिणामको रूपमा मान्दछन् । सी चिनफिङले फेरि एक पटक प्रकोपको रोकथाम र नियन्त्रणको अग्रमोर्चामा पुगी स्वयं कमान्ड गर्नुले पनि यसलाई पुष्टि पारेको छ । रूसी विज्ञान एकेडेमी सुदूरपूर्व संस्थानका उपनिर्देशक एन्ड्रिए ओस्ट्रोब्स्कीले भनेजस्तै यसले चिनियाँ कम्युनिस्ट पार्टीले दाबी गर्दै आएको प्रकोपको प्रतिरोधात्मक सङ्घर्षमा जनताको जीवन सुरक्षा र शारीरिक स्वास्थ्यलाई पहिलो स्थानमा राख्ने सिद्धान्त पनि दर्साएको छ, जसले जनतालाई अझ दृढताका साथ प्रकोपको विरुद्ध सङ्घर्षमा भाग लिन हौसला प्रदान गर्नेछ र अन्ततः प्रकोपविरुद्धको लडाइँको महान् विजय हासिल गर्ने छ ।

जनता चीनका शीर्ष नेताको मनमा कत्तिको महत्त्व हुन्छ ? महामारी रोकथाम र नियन्त्रण कार्य वास्तवमा एउटा ऐना हो । महामारी रोकथाम र नियन्त्रण कार्यको ‘कमान्डर–इन–चीफ’ का रूपमा काम गर्नेदेखि लिएर ४० दिन भित्र पार्टीको राजनीतिक ब्युरोको स्थायी समितिको छ पटक बैठकको अध्यक्षता गर्नुभयो । महामारी रोकथाम र नियन्त्रणसम्बन्धी तीन पटक घटनास्थलमा अनुसन्धान निरीक्षण गर्न जानुभयो, सी चिनफिङले आफ्ना वास्तविक कार्यबाट चिनियाँ कम्युनिस्ट पार्टीको ‘जनमुखी’ शासकीय दर्शन प्रदर्शन गर्नुभएको छ ।

यस पटक चीनले महामारीविरुद्ध लड्न दुईवटा मोर्चा बनाएको छ । एउटा हो अस्पताल जसमा बिरामीहरूको उपचारका लागि लडिरहेको मोर्चा र अर्काे हो समुदाय जसमा भाइरसलाई रोकथाम र नियन्त्रण गर्ने मोर्चा । यी पनि सी चिनफिङले निरीक्षण र अनुसन्धान गर्ने दुईवटा विशेष क्षेत्र हुन् ।

हवाई जहाजबाट उत्रने बित्तिकै, उहाँ ह्वो सनसान अस्पतालमा पहिलो–लाइन मेडिकल स्टाफलाई भेट्न आउनुभयो र उनीहरूको प्रशंसा गर्दै ‘तपाईंहरू सबै मेरो मनमा सबभन्दा मायालु व्यक्तिहरू हुनुहुन्छ’ भन्नुभयो । उहाँले भिडियोबाट उपचारको क्रममा रहेका बिरामीहरूलाई पनि जोड्नुभयो र उनीहरूको मनोबल बलियो बनाउन प्रोत्साहित गर्नुभयो । स्थानीय समुदायहरूमा गरेको भ्रमणको क्रममा सी चिनफिङले सामुदायिक स्वास्थ्य र महामारी रोकथाम र सेवाहरू तथा जनताको जीवन प्रत्याभूतिको बारेमा निरीक्षण गर्नुका साथै सामुदायिक कार्यकर्ता र स्वयंसेवकहरूसँग वार्ता गर्नुभयो । हुबेई प्रान्तका मानिसहरू, विशेष गरी उहानका मानिसलाई धन्यवाद दिनुभयो । तिनीहरूले महामारीको रोकथाम र नियन्त्रणको लागि बलिदान गरिरहेका र प्रमुख योगदान दिइरहेका छन् । उहाँले बाल्कनी र झ्यालबाट देखाएर घरमा क्वारेन्टाइन गर्नेहरूलाई पनि हात हल्लाई अभिवादन गर्नुभयो र ‘सबै मिलेर कोसिस गरौ’ भनेर प्रोत्साहित गर्नुभयो । यो सामान्य र न्यानो अन्तक्र्रिया जस्तो देखिने कार्यले महामारीग्रस्त क्षेत्रमा धेरै मानिसहरूलाई प्रभावित पारेको छ ।

फ्रन्ट–लाइन ‘सिपाहीहरू’ र समुदायका बासिन्दासँग हार्दिक कुराकानी गरिसकेपछि सीले हुबेई प्रान्तका अधिकारीहरूसँग उहानमा भिडियो सम्मेलनको अध्यक्षता गर्नुभयो । उहाँले अर्काे चरणका छवटा क्षेत्रका काम प्रस्तुत गर्नुभयो । आफ्नो सम्बोधनमा राष्ट्रपति सीले चिकित्सा उपचारको कामलाई प्राथमिकतामा राख्नुपर्ने, ‘रोकथाम’मा ध्यान केन्द्रित हुनुपर्ने, चिकित्सा बल निकै कमजोर रहेका क्षेत्रहरूको समर्थन सुदृढ पार्नुपर्ने, गम्भीर प्रकोपग्रस्त क्षेत्रका जनताको भावनाहरूको बुझ, सहिष्णुता गर्नुपर्ने देखिलिएर प्रकोपको रोकथाम र नियन्त्रणलाई सुदृढ पारेका आधारमा भिन्नताको रणनीति अपनाई समयमा कार्य र उत्पादनको पुनर्बहाली गर्नुपर्ने बताउनुभयो । साथै जनताको जीवन सुरक्षा र स्वास्थ्य वृद्धि गर्नुका लागि कानुनी व्यवस्थाको प्रतिरक्षात्मक मोर्चा पनि सुदृढ पार्नुपर्ने कुरामा जोड दिनुभयो । सी चिनफिङले अनुसन्धानको क्रममा र महामारी रोकथाम र नियन्त्रणको विभिन्न चरणहरूको विशेषता बुझी निर्णय गर्ने क्रममा ‘जनता प्राथमिकता’को धारणा नै प्रमुख भूमिका खेल्दै आएको छ ।

विशेषगरी महामारी रोकथाम र नियन्त्रणको महत्त्वपूर्ण घडीमा, सी चिनफिङले सबैलाई दृढ रहन, धैर्यता कायम राख्न र अन्तिम जित हासिल गर्न प्रोत्साहित गर्नुहुन्छ । पर्यवेक्षकहरूले यसबाट सिचिनफिङले परिस्थितिप्रतिको स्पष्ट बुझाइ गरिरहेको दृढताको सङ्केतका रूपमा हेर्छन् । महामारी रोकथाम र नियन्त्रणको जटिलताप्रतिको गहिरो बुझाइ तथा जनताको स्वास्थ्यप्रतिको उहाँको उच्च जिम्मेवारी रहेकाले चिनियाँ जनताले महामारीको रोकथाम र नियन्त्रणको रणनीतिक पहलमा सफलता प्राप्त गरे । जब महामारीको रोकथाम र नियन्त्रणमा प्रारम्भिक सकारात्मक परिवर्तनहरू देखापरे, चीनका सर्वाेच्च नेताले व्युँझिँदो दिमाग रहनुपर्ने र महामारीको रोकथाम र नियन्त्रणमा आराम नगर्ने भनी जोड दिनुभयो । जसले चीनको अन्तिम विजयका लागि अझ बलियो आधारशिला बसालेको छ ।

चीनको आलोचना गर्ने पश्चिमी देशहरू चीनलाई नै पछ्याउँदै

कोरोनाभाइरस प्रकोप अहिले विश्वभर फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्व महामारीका रूपमा घोषणा पनि गरेको छ । यस सङ्गठनले केही देशहरूले यस महामारीको रोकथाम र नियन्त्रणमा पर्याप्त ध्यान दिएका छैनन र पर्याप्त तयार पनि छैनन भनेर भर्खरै चिन्ता पनि व्यक्त गरेको छ । चीन सरकार र जनताले ठूलो प्रयास र बलिदान गरी कमाएको अनुभव तथा एक महिनाको समयलाई ती विकसित राष्ट्रहरूले राम्ररी प्रयोग गरिरहेका छैनन् । समय खेर गइहेको छ । यतिका लामो समयमा तिनीहरूले चीनको पाठ सिकेका छैनन्, तयार गरेका छैनन् । मात्र चीनलाई आलोचना गरिरहेका छन् । चीनको दुःखबाट खुसी भइरहेका छन् । चीनसँगको उड्डयन स्थगित गरेका छन् । खासगरी सबभन्दा शक्तिशाली देश अमेरिकाले कोरोनाभाइरस प्रकोपप्रति विशेष महत्त्व दिएको छैन र यसलाई चीनविरुद्ध साधनको रूपमा प्रयोग गर्दै आएको छ । वाल स्ट्रिट दैनिक अखबारले त ‘चिनियाँहरू एसियाको वास्तविक बिरामी हुन्’ भनेर चिनियाँहरूलाई खुला रूपमा अपमान गर्यो । अमेरिकाका उच्च नेताहरूले पनि यस भाइरसलाई ‘उहान भाइरस’ वा ‘चिनियाँ भाइरस’ भन्दै आएका छन् । अमेरिकाको अर्थमन्त्रीले त ‘यस प्रकोपले उत्पादन उद्योगलाई चीनबाट अमेरिकामा धपाउन मद्दत गर्ने छ’ भनी खुसियाली मनाएको थियो । तर परिस्थितिले चाँडै नै ती अमेरिकी नेताहरूको गालामा थप्पल हान्न थालेको छ । चीनले कोभिक–१९ रोकथाम र नियन्त्रणको कार्य विजय हासिल गरेको बेलापश्चिमी विकसित मुलुकमा यस भाइरसको विस्तार त तीव्र गतिले भइरहेको छ । पहिले चीनलाई अपमान गर्ने देशले चीनप्रति सहयोग माग्न थालेका छन् । धेरै देशहरूले पनि प्रकोपविरुद्धमा चीनले हासिल गरेका अनुभवहरू सिक्न थालेका छन् । पहिले चीनले गरेको सहर बन्द र सबै नागरिकलाई घरमा क्वारेन्टाइन बस्ने कदमहरूलाई मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाए । अब ती देशहरूले पनि त्यो ‘मानव अधिकार उल्लङ्घन’ गर्ने कदमहरू चालेका छन् । बेलायत सरकारले त ‘सामूहिक सङ्क्रमण’को रणनीति अपनाउने नीति घोषणा गरेको छ । यसले पृथ्वीवासीलाई आश्चर्य पारेको छ र सयौँ वैज्ञानिकहरूको विरोध पनि पाएको छ । यस नीति अपनाए बेलायतमा भाइरस सङ्क्रमितहरूको सङ्ख्या चार करोड हुने र मर्नेहरूको सङ्ख्या लाखौँ हुने अनुमान गर्न सकिन्छ । दिनभरि मानव अधिकारको नारा जपाउँदै आएका पश्चिमी राष्ट्रहरूले साधारण जनता र कमजोर समुदायको जिउज्यानलाई फोहोर फालेको जस्तै फाल्ने हो, तर भाइरस त सबभन्दा निष्पक्ष र न्यायिक छ । धेरै उच्च नेताहरूलाई पनि भाइरस सङ्क्रमणबाट बाँच्न सकेनन् । जसले भाइरसलाई हेला गर्छ, बेवास्ता गर्छ । उसलाई छिटै भाइरसले सङ्क्रमण गर्छ । अहिले इटली, बेलायत, स्पेन, अमेरिकालगायत पश्चिमी देशहरूमा सङ्क्रमितको सङ्ख्या दिन दोब्बर रात तेब्बरले वृद्धि हुँदै छ ।

तीन दिनपछि बेलायत सरकारले यसलाई त्याग गर्नुपरेको छ । भाइरसको रोकथाम र नियन्त्रणका लागि कडा कदम चाल्न बाध्य भएको छ । धेरै देशहरूले चीनको अनुभवलाई सिक्दै चीन हिँडेको बाटो लागेका छन् ।

तर अमेरिका अझै पनि चीनलाई आरोप गर्दै छ । अमेरिकी नेतामा जति आत्मविश्वास रहे पनि स्टक बजारले निकै नकारात्मक प्रतिक्रिया गरेको छ । अमेरिकी स्टक लगातार तीन पटक पग्लियो । सोमबार डो जोन्सले अर्काे २९९७ पोइन्ट गिराएको छ र राष्ट्रपति ट्रम्पको कलेजो हल्लायो । उनले अझै पनि कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दछन् । उनले घमण्ड गर्न सक्ने ‘आर्थिक उपलब्धि’ पनि हरायो र उनी यति घमन्डी थिए कि अब उनी डराउनु पर्छ । यस अजङ्गको महामारीको सामना गर्नुपर्दा अमेरिकी सङ्घीय सरकारले गर्न सक्ने कुराहरू धेरै नै बाँकी छ । उसले गर्न सक्ने सबैभन्दा प्रख्यात ‘हत्यारा’ भनेको चीनमा यसको भाँडो फाल्ने तरिकाहरू पत्ता लगाउनु हो । ट्रम्प टोलीले बोक्नुपर्ने यो भाँडो चीनको काँधमा कसरी फ्याँक्न सक्छ ? संयुक्त राज्य अमेरिकामा पछिल्लो सङ्क्रमितको सङ्ख्या वृद्धि भई जम्मा ६ हजार केस पुगेको छ । जसमा २७ नयाँ गरी मृत्यु हुनेको सङ्ख्या ९७ पुगेको छ । यो तथ्याङ्क जाँच गर्न अझै खुला भएको छैन । महामारी संयुक्त राज्य अमेरिकामा द्रूत रूपमा विकास भइरहेको छ । अमेरिकाका पूरै ५० वटा राज्यहरूमा सङ्क्रमितहरू देखा परेका छन् । ह्वाइट हाउसमा पनि फैलिएको छ, अमेरिकी सेनामा पनि यो महामारी फैलिएको छ । राष्ट्रपति ट्रम्पले केही दिनअघि मात्र ‘अमेरिकीहरू जोखिम ज्यादै थोरै छ’ भन्ने दाबी गरेका थिए र सबै कुरा ठीक छ भनेर दाबी गरेका थिए । भविष्यमा अमेरिकीहरूले ट्रम्पको दोषलाई कोट्याउने अवश्य छ । मलाई लाग्छ उनको पुनः चुनावमा सफलता प्राप्त गर्नका लागि निकै ठूलो खतरा परेको छ ।

चिनियाँ संस्कृतिमा अनुशासन तथा सहयोगी भावना

सन् १८४९ मा हङ्गेरीका प्रसिद्ध कवि पेटोफीले कविता यसरी लेखे–

जीउज्यान वास्तवमा साह्रै मूल्यवान् हुन्छ । तर प्रेमको मूल्य झन् बढी छ । स्वतन्त्रताका लागि ज्यान र प्रेमलाई त्याग्न तयार छु ।

यस कविताबाट अस्ट्रिया शासकको विरोध विद्रोह गरे र २५ वर्षको उमेरमा आफ्नो ज्यान गुमाए । अहिले पनि पश्चिमी मुलुकमा धेरै मानिसहरूले सरकारको सहर बन्द नीतिलाई स्वतन्त्रता विरुद्धको निरङ्कुशताको संज्ञा दिई विरोध गर्दैछन् । यो कतिको हास्यास्पद कुरा हो । ज्यान नभएको स्वतन्त्रता के अर्थ ? आफ्नो स्वास्थ्यको सुरक्षाका लागि र वरिपरिका सबै मानिसको स्वास्थ्य सुरक्षाका लागि व्यक्ति विशेषले केही समयका लागि केही वा पूरै स्वतन्त्रता र अधिकार हस्तान्तरण गर्नुपर्छ ।

यस कुरालाई चिनियाँहरूले राम्ररी बुझेका छन् र समुदायका लागि व्यक्तिगत स्वतन्त्रता वा अधिकार छाड्न तयार छन् । चिनियाँ जनता सरकारको आदेश मान्छन् र अनुशासित पनि छन् । चाहेको बेलामा अरूलाई सक्रिय सहयोग र मद्दत पनि गर्छन् । उहान सहर बन्द गर्दा एक करोड उहानवासीहरू तुरुन्तै आफ्नो दैनिक जीवन ठप्प गरे । लाखौँ चिकित्सा कर्मचारीहरू कोही पनि अग्रमोर्चाबाट पछि हटेको छैन । सरकारी कर्मचारी, समुदायका कर्चमारी तथा स्वयंसेवक सबैले आआफ्नो ठाउँमा अडिग लडाइरहेका छन् । अरू नागरिकले चाहिँ घरमा बस्नु पनि देशका लागि योगदान गर्नु हो भनी मानेका छन् ।

चीनका अरू प्रान्तले हुबेईका विभिन्न प्रदेशलाई एकएक गरी जिम्मा लिई सहयोग गरे । आफ्ना चिकित्सा टोली चिकित्सा सामग्रीसहित हुबेईका विभिन्न ठाउँमा पठाए । एक ठाउँमा मुस्किल परे चौतर्फीबाट मद्दत आउँछ भन्ने धारणाले चिनियाँहरूको दिमागमा गहिरो जरो गाडेको छ । विभिन्न क्षेत्रका उद्योग, उद्योगपति, किसानले अर्बौं नगद तथा लाखौँ टन सामग्रीहरू चन्दा गरेका छन् । चीनका विभिन्न प्रान्तबाट सहयोग गरेका सामान निरन्तर रूपमा हुबेई आइरहेका छन् । त्यसैले गर्दा उहान सहर बन्द गर्दा एक करोड सहरवासीको दैनिक जीवन आवश्यक सामानको कुनै कमी देखिएन ।

चिनियाँहरूलाई के विश्वास छ भने अरूबाट एक थोपा पानीको कृपा पाएबापतै मुहानको पानीले कृतज्ञता ज्ञापन गर्नुपर्छ । कोरोना भाइरस प्रकोप सुरु भएको बेला दक्षिण कोरिया, जापान, पाकिस्तान आदि देशले सकेसम्म चीनलाई चिकित्सा सामग्रीहरू सहयोग गरेका छन् । ती देशहरूमा प्रकोप फैलिरहेको बेला चीनले पनि तिनीहरूलाई सहयोग गर्न थालेको छ । कोरोनाभाइरस रोकथाम र नियन्त्रण गर्ने कार्य सहयोगका लागि चीनले विश्व स्वास्थ्य सङ्गठनलाई २ करोड डलर अनुदान पनि गरेको छ । त्यसबाहेक इटलीले सन् २००८ को सछुआन महाभूकम्पमा चीनलाई सहयोग गरेकाले चिनियाँले उसको कृपालाई सधैँ मनमा राखेको छ । यस पटक चीनले इटलीलाई पनि चिकित्सा टोली र सामग्रीहरू पठाएर सहयोग गरेको छ । त्यसअघि इटली सरकारले युरोप युनियनलाई सहयोगको माग गरेको थियो तर अफसोच कुनै पनि युरोपेली देशले उसलाई एउटा मास्क पनि पठाएन । त्यसको उल्टो युरोपेली देशहरूमा आन्तरिक कलह पनि मच्चाइएको देखिन्छ । स्विजरल्यान्डलाई पठाउने २, ४ लाख मास्क जर्मनले लुटेको छ । ईयूले ईयूबाहिरका मुलुकलाई कुनै किसिमको चिकित्सा सामग्रीहरू निर्यात नगर्न प्रतिबन्ध लगाएको छ । त्यस नीतिले गर्दा सर्बियाका राष्ट्रपति साह्रै निराश भएका छन् र आँखामा आँसुको थोपा चम्काई ईयूको कदम भत्र्सना गरे अनि चीनप्रति सहयोग मागे । चीनले पनि सर्बियालाई सहयोग दिने घोषणा गरेको छ ।

महामारीविरुद्धको लडाइँमा नेतृत्वशक्ति र इच्छाशक्ति चाहिन्छ ।

सीएनएनले के टिप्पणी गरेको छ भने अब अमेरिकीहरूका लागि सबैभन्दा नराम्रो समय आएको छ । अमेरिकी सरकारले यसको जवाफ दिन असफल भएकाले देशलाई जोखिममा पार्नेछ । आज अन्तर्राष्ट्रिय समुदायमा यो प्रस्ट हुँदै गइरहेको छ कि निमोनियाको यो नयाँ प्रकोप सबै देशहरूका लागि एउटा ठूलो परीक्षा बनेको हो । यस संसारलाई विभिन्न देशहरूको प्रदर्शनलाई ध्यानपूर्वक अवलोकन गर्न र वस्तुनिष्ठ मूल्याङ्कन गर्ने दुर्लभ अवसर पनि प्रदान गर्दछ । विश्व स्वास्थ्य सङ्गठनको महानिदेशक तेड्रोसले उनी बेइजिङ जाँदा राष्ट्रपति सी चिनफिङलाई प्रकोप नियन्त्रणको प्रत्यक्ष निर्देशन गरेको देखेँ । विश्व स्वास्थ्य सङ्गठनले पनि निरन्तर नेतृत्व शक्ति र राजनीतिक इच्छाशक्तिका लागि आह्वान गर्दै आएको छ । चिनियाँ नेताहरूले त्यस्तो नेतृत्व शक्ति र इच्छाशक्ति देखाए ।

उहान भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङले महामारीविरुद्ध लड्ने प्रारम्भिक उपलब्धि हासिल गरिसकेको महत्त्वपूर्ण घडीमा एउटा नयाँ परिचालनको आदेश जारी गर्नुभयो । यसले फेरि एक पटक विश्वसामु चीनको आत्मविश्वास, दृढ सङ्कल्प र क्षमता देखाएको छ । चीनले यस पल्टको सङ्कट पार गरेर वसन्तको स्वागतको सङ्केत पनि गरेको छ । (रातोपाटीबाट)

बुधबार, चैत ५, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*