क्रिकेटर सन्दिपद्वारा कोरोनाविरुद्ध लड्न सरकारलाई १ लाख सहयोग

संवाददाता

काठमाडौं । कोरोना भाइरससँग लड्न नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सरकारलाई १ लाख रुपैयाँ सहयोग गर्ने बताएका छन् । उनले फेसबुक मार्फत सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई सो सहयोग गर्ने घोषणा गरेका हुन्।

‘नेपाल सरकारको कोभिड–१९ राहत कोषमा १ लाख रुपैयाँ सहयोग गर्न पाउँदा खुसी लाखेको छ’, सन्दीपले फेसबुकमा लेखेका छन्, ‘सामाजिक दूरीको यस घडीमा साथ र सहयोग आवश्यक भएकाहरूलाई नबिर्सौँ।’

लामिछानेले दया र जिम्मेवारीले मानवता बोध गराउने भन्दै सबैलाई सुरक्षित रहन र सकेको सहयोग गर्न पनि आग्रह गरेका छन्।

Sandeep_fb status

 

बिहीबार, चैत २०, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*