दशरथ रंगशालामा १३औं सागको भव्य उद्घाटन

खेल संवादाता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भन्डारीले आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३औँ दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन गरेकी छन् । राष्ट्रपती भण्डारीले ‘१३ औँ सागको उद्घाटन गरेको छुु’ भनेर घोषणा गर्ने बित्तिकै रंगशालामा आतसबाजी सुरु भएको थियो।

लगातारको आतासबाजीले रंगशालाबाहिर मानिसहरुको बाक्लो भिड थियो। रंगशालाबाहिर ठुला प्रोजेक्टरमार्फत भित्रका दृश्यहरु देखाइन व्यवस्था गरेका कारण रंगशाला भित्र मात्र होइन, बाहिर पनि खेल महोत्सवको माहोल बनेको थियो।

करिब तीन घन्टा चलेको उद्घाटन समारोहमा पूरा समय बसिन् राष्ट्रपति विद्यादेवी भन्डारी।

 

saag-opening aa

यसअघि नेपालले पहिलो साग सन् १९८४ मा (तत्कालिन साफ गेम्स) र  १९९९ मा आठौँ साफ गेम्स आयोजना गरेको थियो। २०७२ सालको प्रलयकारी महाभुकम्पले थलिएको दशरथ रंगशालालाई मर्मत गर्न लामो समयसम्म बेवास्ता भए पनि १३ औँ सागको पूर्वसन्ध्यामा यस रंगशालालाई रातारात तयार गरिएको थियो। १३ औँ सागको भव्य उद्घाटन गर्दै नेपालले कम्तिमा ठूला प्रतियोगिताको उद्घाटन समरोहलाई भव्य बनाउन आफू सक्षम रहेको देखाएको छ।

नेपाल ओ‌लम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले सगरमाथा र बुद्धको देशमा स्वागत रहेको भन्दै प्रतियोगिता दक्षिण एसियाका युवा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने गतिलो मन्च भएको उल्लेख गरे। सदस्यसचिव सिलवालले प्रतियोगिताको आयोजनाले नेपाल ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम रहेको बताए।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले साग मिनी ओलम्पिकको रुपमा रहेको र युवा खेलाडीका लागि प्रतिभा देखाउने अवसर रहेको बताए ।साग कार्यकारी समितिका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले साग थोरै समयमा पूर्वाधार तयार पार्दै साग आयोजना गर्न सफल भएको बताए । सदस्यसचिव सिलवालले भने– यहाँ खेल्न आउने खेलाडीहरु आ–आफ्नो देशका सद्भावना दूत हुन्। उनी हरुले सफलता हात पार्न सकुन्, शुभकामना छ।

थ्रीडी लाइटबाट प्रतियोगितामा खेलिने खेलहरुको उत्कृष्ट प्रस्तुति देखाइएको थियो। शसस्त्र प्रहरी, नेपाल प्रहरी र आर्मीको ब्यान्डले राष्ट्रिय मैदानमा नेपालको झण्डाको आकृति बनाएर नेपालमा बसोबास गर्ने विभिन्‍न जातजातिका झाँकी र सांस्कृतिक प्रस्तुतिहरु देखाएका थिए।

 

saag-opening

सशस्त्र प्रहरी बल (एपिएफ) को टोलीले प्रस्तुतिमार्फत मैदानमा सातवटै देशको नाम मात्र लेखाए, ती देशका सांगीतिक प्रस्तुति पनि देखाइएको थियो। आफ्नो प्रस्तुतिको अन्त्यमा उनीहरुले मैदानको एकातिर पशुपतिनाथ र अर्कोतर्फ स्वयम्भुनाथको आकृति पनि बनाएका थिए। नेपालका सबै प्रकारका पहिचानलाई प्रस्तुत गरिएन, दक्षिण एसियाका अन्य देशप्रति नेपालको सद्भाव पनि देखाएको थियो।

त्यसअघि सातवटै देशका खेलाडी, अफिसियलले मार्चपास गरेका थिए। उनीहरुलाई नेपालका सांस्कृतिक पहिचान लाखे र पन्चकुमारीले अग्रस्थानमा रहेर साथ दिएका थिए। प्रतियोगितामा सहभागी हुने खेलाडीको तर्फबाट नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले सपथ लिएका थिए।

डिसेम्बर १० तारिखसम्म सन्चालन हुने प्रतियोगितामा विभिन्न २८ खेलमा तीन सय १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ। प्रतियोगिताका खेलहरु काठमाडौँ, ललितपुर, पोखरा र जनकपुरमा सञ्‍चालन हुनेछन्।

यसअघि नेपालले पहिलो साग (तत्कालीन साफ गेम्स)  र आठौँ साफ गेम्स आयोजना गरेको थियो। २०७२ सालको प्रलयकारी महाभुकम्पले थलिएको दशरथ रंगशालालाई मर्मत गर्न लामो समयसम्म वेवास्था भएपनि १३ औँ सागको पूर्वसन्ध्यामा यस रंगशालालाई रातारात तयार गरिएको थियो। १३ औँ सागको भव्य उद्घाटन गर्दै नेपालले कम्तिमा ठूला प्रतियोगिताको उद्घाटन समरोहलाई भव्य बनाउन आफू सक्षम रहेको देखाएको छ।

दक्षिण एसियालीस्तरको सबैभन्दा ठूलो खेलकुद महोत्सवको उद्घाटन समरोहलाई स्तरीय बनाउन नेपालले कुनै कसर बाँकी राखेन।

उद्घाटन समारोहका अवसरमा, थ्रीडी लाइटबाट प्रतियोगितामा खेलिने खेलहरुको उत्कृष्ट प्रस्तुति देखाइएको थियो। सशस्त्र प्रहरी, नेपाल प्रहरी र आर्मीका ब्यान्डहरूले नेपालको झण्डाको आकृति बनाएर नेपालमा बसोबास गर्ने विभिन्‍न जातजातिका झाँकीरसांस्कृतिक प्रस्तुतिहरु देखाएका थिए।

ओलम्पियनहरु जितबहादुर केसी, बैकुण्ठ मानन्धर, संगीना वैद्य, राजेन्द्र भण्डारीले ओलम्पिक टर्चलाई दशरथ रंगशालामा परिक्रमा गराउँदै अन्त्यमा दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन गरेका थिए।

त्यसअघि सातवटै देशका खेलाडी, अफिसियलले मार्चपास गरेका थिए। उनीहरुलाई नेपालका सांस्कृतिक पहिचान लाखे र पन्चकुमारीले अग्रस्थानमा रहेर साथ दिएका थिए। प्रतियोगितामा सहभागी हुने खेलाडीको तर्फबाट नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले सपथ लिएका थिए।

डिसेम्बर १० तारिखसम्म सन्चालन हुने प्रतियोगितामा विभिन्न २८ खेलमा तीन सय १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ। प्रतियोगिताका खेलहरु सागका खेलहरु तीव सहरका २९ स्थानमा सञ्‍चालन हुँदैछन् । ती हुन्– काठमाडौं, ललितपुर, पोखरा र जनकपुर ।

राष्ट्रपतिको आगमनपछि मार्चपासबाट सुरु भएको उद्घाटन समारोहमा नेपालको झण्डा भारोत्तोलनका कमलबहादुर अधिकारीले बोकेका थिए ।

यस्तै ओलम्पियन दीपक विष्टले ओलम्पिक टर्चलाई रंगशालाको ट्रयाकबाट लगी प्रज्वलन गरेका थिए । यसैगरी खेलाडीको तर्फबाट क्रिकेटर पारस खड्का तथा निर्णायकका तर्फबाट ब्याडमिन्टनका अन्तर्राष्ट्रिय रेफ्री दीपक थापाले सपथ लिए ।

उद्घाटन समारोहको मुख्य आकर्षणको रुपमा रहेको स्वागत नाचमा सहभागी देशका झण्डा र सागमा समावेश खेलको एनिमेसन प्रस्तुत गरिएको थियो ।

यस्तै १५०० जनाको मास क्यालिस्थेनिक प्रदर्शनी प्रस्तुत गरिएको थियो भने गायक दीपक बज्राचार्यले सांगीतिक प्रस्तुति दिएका थिए। यस्तै कुन्ति मोक्तान, आनन्द कार्की, इन्दिरा जोशी, सत्यराज आचार्य र मिलन नेवाले साग गीत प्रस्तुत गरेका थिए ।

स्मरणीय छ, १३ औं सागमा ७ देशका २७ सय भन्दा बढी खेलाडीले ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि १० दिनसम्म प्रतिस्पर्धा गर्नेछन् ।

प्रधानमन्त्री ओलीले अस्पतालको बेडबाटै हेरे सागको लाइभ

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको बेडबाटै १३ औं सागको उद्घाटन समारोह हेरे । सागको उद्घाटन समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा अध्यक्ष प्रचण्डलगायत पुगेको भए पनि ओली भने स्वास्थय अवस्थाका कारण सहभागी हुन पाएनन् ।

एपेन्डिसाइटिसको अपरेसनपछि अस्पतालमै आराम गरिरहेका ओलीले अस्पतालकै बेडबाट साग लाइभ हेरेको प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका हुन्।

आफूहरुले दशरथ रंगशालामा ओलीलाई बेस्सरी मिस गरे पनि प्रमले भने समारोह मिस नगरेको रिमालले सामाजिक सञ्जालमार्फत बताएका हुन् ।

१३ औं सागको भव्य उद्घाटन भन्दै रिमालले ट्वीटरमा लेखेका छन्, ‘हामीले दशरथ रंगशालामा प्रधानमन्त्रीलाई बेस्सरी मिस गर्यौँ। तर उहाँले समारोह मिस गर्नु भएन। अस्पतालको बेडबाटै प्रत्यक्ष प्रशारण पुरै हेर्नु भयो। वाइफाइ व्यबस्थापनको लागि अस्पताल प्रशासनलाई धेरै धेरै धन्यवाद !’

यसै गरी पर्यटनमन्त्री योगेश भट्टराईले पनि सामाजिक सञ्‍जालमा लेखे, ‘सागको उदघाटन् समारोहको भब्यताले नेपालले आफ्नो आत्मबिश्वासलाई अन्तरास्ट्रिय मंचमा उजागर गरेको छ । बधाई खेलकुद मन्त्रालय, खेलकुद परिषद, ओलम्पीक कमिटी, नेपाली सेना, नेपाल प्रहरी, शशास्त्र प्रहरी लगायत सबैमा ।’

यसै गरी नेपाली कांग्रेसका युवा नेता गगन थापाले पनि प्रतियोगिताको उद्घाटन समारोहको खुलेर प्रसंशा गरेका छन्, ‘यति ठूलो प्रतियोगिताको सफलतापूर्वक आयोजना गरेको देख्दा समान्नित महसुस भएको छ। एडभेन्चरहरुको देशमा सबै खेलाडि र प्रतिनिधिहरुलाई नेपाल हार्दिकतापुर्वक स्वागत गर्दछ। प्रतियोगिताले नेपालमा खेल पर्यटनको सम्भावना झल्काउन सकोस्। सागमा सहभागी हुने सबै नेपाली खेलाडीलाई हार्दिक शुभकामना।’

 
आइतबार, १५ मङि्सर २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*