बारामा हावाहुरीबाट कम्तीमा २७ को मृत्यु, ४०० सय घाइते

संवाददाता। 

काठमाडौं ।

बारा र पर्साका विभिन्न ठाउँमा आइतबार बेलुका आएको हावाहुरीका कारण मृत्‍यु हुनेको संख्‍या २७ पुगेको प्रहरीले जनाएको छ ।

असिना र पानीसँगै आएको हावाहुरीले मध्य तराइको बारा, पर्सा र रौतहटमा ठुलो धनजनको क्षति भएको हो । हावाहुरीले बारा जिल्लाको विभिन्न ठाउँमा आइतबार राति कम्तीमा २७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् ।

४०० जनाभन्दा बढी घाइते भएको उनीहरुको अनुमान छ। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। घरमाथिको विद्युतको पोल, रुख ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

कलैया अस्पतालमा मात्रै मृतकको संख्या १६ पुगिसकेको छ। अन्य स्वास्थ्य संस्थाबाट पनि मृतकको संख्याबारे यकिन तथ्यांक निकाल्ने प्रयास भइरहेको सिडियोले बताएका छन्। कलैया अस्पतालमा उपचार हुन नसकेकाहरुलाई वीरगन्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा रिफर गरी पठाइएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जिल्लामा २७ जनाभन्दा बढीको मृत्यु भएको पुष्टि गरे। ‘स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरी त्यहाँको साधनस्रोतले उद्धार गर्ने काम भइरहेको छ,’ उनले भने, ‘मृतकको सनाखत हुन बाँकी छ।’

प्रहरी उपरिक्षक सानुराम भट्टराईले मृतकको संख्या अझै बढ्न सक्ने जानकारी दिए। घाइतेहरुको कलैया र वीरगन्ज अस्पतालमा उपचारको लागि लगिएको उनले बताए। मानवीय उद्धारको लागि स्थानीय जनप्रतिनिधि, नजिकको प्रहरी र सर्वसाधारणहरु खटेका छन्।

घाइतेहरुको उद्धार गर्दै उपचारको लागि अस्पतालमा पुर्‍याउने काम भइरहेको प्रहरी उपरिक्षक भट्टराईले बताए। ‘सबैतिरबाट मानवीय र भौतिक क्षतिको संकलन भइरहेको छ,’ उनले भने, ‘मानवीय क्षति बढी भएको छ।’ फेटा गाउँपालिका, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दियालगायतको ठाउँमा मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

प्रदेश २ सरकारका मुख्य न्यायधिवक्ता दीपेन्द्र झाका अनुसार बाराका भलुही, भरबलीया, फेटाको वडा नम्बर ६ चैनपुर सबैभन्दा बढी प्रभावित क्षेत्र हुन्।

बाराको सवै भन्दा बढि प्रभावित गाउँहरु भलुही, भरबलीया, फेटा वाडा नं. ६ चैनपुर, लगभग ३० जनाको मृत्यु भएको र ५०० जना सम्म घाइते हुन सक्ने अपुष्ट समाचार भर्खर बारामा रहेका प्रकास थारुजीसंग भएको छ ।

असिनाले बालीनालीमा ठुलो क्षति पुगेको छ। टेलिफोन सेवामा क्षति पुर्‍याएको छ। विद्युतको पोलहरुमा ठुलो क्षति भएको छ। सयौं घरका छानाहरु हावाहुरीले उडाएको छ। घटनाको केही घण्टापछि सुरक्षा अधिकारी र प्रशासकहरुले मोबाइल फरवार्ड गरेका छन्। उद्धार कार्यमा सुरक्षा निकायले तत्काल पुग्न नसकेको पीडितहरुले बताएका छन्।

विशेष गरी दुई नम्बर प्रदेशको बारा, पर्सालगायतका जिल्लामा हावा हुरीसँगै आएको पानीका कारण धनजनको क्षति भएको प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत जनाएका छन् ।

उनले राति १०ः४५ बजे ट्वीट गर्दै हावाहुरीका कारण २५ जनाको मृत्युभएको र चारसय जना घाइते भएको विवरण प्राप्त भएको जनाएका छन् । घटनामा मृतक तथा घाइतेको संख्या बढ्न सक्ने जनाइएको छ ।

प्रधानमन्त्री ओलीले उद्दारमा सुरक्षाकर्मी परिचालित गरिएको जानकारी दिँदै घाइतेको उद्दारमा र उपचारमा कुनै कमी आउन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।  (थप विवरण आउन बाकी ।)

आइतबार, चैत १७, २०७५ मा प्रकशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*