रवि ओड बने दोस्रो नेपाल आइडल

काठमाडौं, ६ पुस ।

नेपाल आइडल सिजन-२ को विजेता रवि ओड बनेका छन् । विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र रवि ओड उत्कृष्ट चारमा पुगेका थिए।

रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् ।

सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाए ।

थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् ।

Nepal-Idol-2-grande-final

नेपाल आइडलको अडिसनमा धनगढी, धरान, भैरहवा, हेटौँडा, वीरगन्ज, पोखरा, काठमाडौँलगायतका ठाउँबाट हजारौँ प्रतियोगीहरुले भाग लिएका थिए।

पुस महिनाको चिसो साँझमा पुल्चोक इन्जिनियरिङ कलेजको चौर भने संगीतको रौनकले तात्तिएको थियो। प्रांगणमा हजारौँ मानिसको भीड जम्मा भएको थियो। सबैजना गीतसंगै झुमिरहेका थिए। सबैलाई नेपाल आइडलको टाइटल विजेताको नाम सुन्ने हतारो थियो।

‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ भन्ने ट्यागलाइनका साथ साउन २४ देखि नेपाल आइडल सिजन टूको सुरुवात भएको थियो।

निर्णायकका रुपमा न्यूह बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन्। रीमा विश्वकर्मा र आसिफ शाहले कार्यक्रम सञ्चालन गरेका थिए।

को हुन् रवि ओड ?

धनगढी अडिसनमा कमल खत्रीको आवाजमा रहेको ‘जाउँला रेलैमा’ बोलको गीत गाएर ओड नेपाल आइडलमा प्रवेश पाएका हुन्। उनका बाजे पनि देउडा गाउने गर्थे। बाजेसंगै उनी गीत गाउने कोशिस गर्थे। गोठालो जाँदा पनि गीत गाउँथे। बाल्यकालमै आमा गुमाएका रवि ओडले औपचारिक रुपमा संगीत सिक्न भने पाएनन्। तर मेला महोत्सवहरुमा गीत गाइरहन्थे।

लोक दोहोरी, देउडा, क्लासिक, मेलोडियस तथा फिल्मी सबै प्र्रकारका गीतमा उनको स्वर सुहाउँदिलो सुनिन्छ। खासगरी सुदूरपश्चिमेली ठाडो भाकामा उनको दखल छ। नेपाल आइडलको सुरुदेखि नै उनले अब्बल प्रस्तुति दिएर निर्णायक तथा दर्शकको मन जित्न सफल भएका थिए।

Nepal-idol-Rabi-oad 2

गरिब परिवारमा जन्मेका ओडका बुवा भारतमा ज्यालादारी गरेर परिवार चलाउँछन्। ओडले निकै मेहनतका साथ आइडलमा प्रत्येक पटक आफूलाई उत्कृष्ट बनाउँदै लगेका थिए। उनलाई नेपाल आइडल बनाउन सुदूरपश्चिम क्षेत्रका दर्शकले लगातार भोट गरेका थिए। उनी सुगम पोखरेल, हेमन्त राना र शिव परियारका फ्यान हुन्।

‘यो जीत मेरो मात्र होइन। मलाई साथ सहयोग, माया र भोट दिएर यो सफलता दिलाउने तपाईं सबैको जित हो,’ टाइटल जितेपछि उनले भने। बधाई तथा शुभकामना प्राप्त गरिरहँदा उनी बोल्न सकिरहेका थिएनन्। आँशु झारिरहेका थिए। उपस्थित हजारौँ दर्शकले उनको सफलतामा हुटिङ र ताली दिएर सद्भाव व्यक्त गरेका थिए।

टायलको झुपडीका चम्किला रवि : म्यादी प्रहरीदेखि नेपाल आइडलसम्म

केही सातादेखि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको थियो । जुन तस्बिरमा म्यादी प्रहरीको पोशामा थिए भविष्यका लागि संघर्ष गरिरहेका एकजना युवा । उनी अरू कोही नभएर गरिबीसँग जुध्दै अनेक संघर्षका साथ हुर्किएका दोस्रो नेपाल आइडल बन्न सफल उनै रवि ओड ।

नेपालको पश्चिमी सीमामा अवस्थति कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा जन्मिएका थिए । उनै रवि, शुक्रबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भएको नेपाल आइडल सिजन २ को ग्रान्ड फिनालेका विजेता घोषित भए । वि।सं। २०५४ साल चैतमा टायलको त्यही सानो झुपडीमा जन्मिएका रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन्।

उनका बुवा राजेन्द्र अहिले पनि भारतमा पालेको काम गर्छन्, परिवार पाल्नका लागि । रविका हजुरबुवा पहाडी जिल्ला छामबाट बसाइँ सरेर कञ्चनपुर झरेका थिए। रविका हजुरबुवा र बुवा जीविका चलाउने गतिलो स्रोत खोज्दै अछामको साँफेबगर नगरपालिका (साविक बुढाकोट गाविस) बाट कञ्चनपुर झरेका थिए ।

गरिबीकै कारण उनका बुवा र हजुरबुवाले भारतमै ‘पाले’को काम गरेर दुर्इ चार पैसा कमाउँदैछन् । कमजोर आर्थिक हैसियत भएका रविलार्इ उनको सपनाको उडान भर्न पैसाले रोकेन । हजुरबुवाको प्रेरणाले संगीतमा लागेका रवि यसअघि नै सेलिब्रेटी भइसकेका थिए । नेपाल आइडल सिजन २ को विजेता बनेसँगै अब आर्थिक रूपमा पनि उनको जिन्दगी फेरिएको छ ।

rabi-odd-home

       रवि ओड र पृष्ठभूमिमा कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित उनको सानो घर

 

नेपाल आइडलको धनगढीमा भएको अडिसनमा पुग्नुअघि उनी गाउँमै हुने सांगीतिक प्रतियोगितामा भाग लिन्थे भने धनगढी पुगेर दोहोरी साँझमा गाएर पैसाको जोहो गर्थे। सुदूरपश्चिमबाट अन्तिम चारमा पुगेका एक्ला प्रतिस्पर्धी उनलार्इ जिताउन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अभियान नै चलाइएको थियो । फाइनलमा जित्नका लागि भोटमात्रै निर्णायक थिएन, जजको पनि मन जित्दै उनले नेपाल आइडल सिजन २ मा आफूलार्इ सर्वोत्कृष्ट गायक सावित गरे ।

उनले आफ्नो क्षेत्रक देउडा गीतलार्इ नेपाल आइडलको मञ्चमार्फत् संसारभर फैल्याए । उनी देउडा जति सुमधुर गाउँथै उति नै पोख्त थिए पप र आधुनिक विधाका गीतमा पनि । संघर्षपूर्ण बाल्यकालबाट गुज्रिएका उनी जब गाउँथे सबैलार्इ बाँधेर राख्न सक्थे । संगीतको औपचारिक शिक्षा नलिएर पनि रविले ुढुंगाको काप फोडेर पनि उम्रन्छ पिपलु भन्ने नेपाली भनाइलार्इ साँच्चिकै चरितार्थ गरिदिएका छन् ।

रविको जीवन कम्ता संघर्षपूर्ण थिए । उनी २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी भएका थिए भन्दा जोकोहीले पत्याउँदैन । परिवार पाल्न र आफ्नो दैनिक खर्चका लागि उनी २०७० सालको संविधान सभा निर्वाचनमा म्यादी प्रहरी पनि बनेका थिए । उनले म्यादी प्रहरी बनेर राष्ट्रको सेवा त गरे नै त्यससँगै केही आम्दानी पनि गरे जसले उनको जीवन चलाउन केही समय सहज भयो ।

हजुरबाको प्रेरणाले बालकालदेखि नै गुनगुनाउने रविको गीत सुन्न उनलार्इ जन्म दिने आमा अहिले यो दुनियाँमा छैनन् । तर उनलार्इ जुन आमाले हुर्काइन् जन्म दिने आमाको कहिल्यै कमी हुन दिइन्न । भारतमा पाले बनेका बाबुले रविलार्इ जिताउन भोट माग्दै हिँडेका थिए । परदेशमा रहेका बुवाले यो खबर सुनेपछि पक्कै हर्षका आँसु बगाए । (स्रोत : अन्नपूर्ण पोस्ट)

शुक्रबार, ६ पुस २०७५ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*