विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, ११ मंसिर ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।

यही मंसिर २० र २२ गते युएईको अबुधावीस्थित शेख जायेद रंगशालामा हुने खेलका लागि चार वैकल्पिक खेलाडीसहित १८ सदस्ययी टोलीको घोषणा गरिएको हो ।

आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले उक्त खेलाडी छनोट गरेको हो ।

छनोट हुनेमा नेपाली टोली कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सागर पुन, करण केसी, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, शक्ति गौचन, विनोद भण्डारी र सन्दीप लामिछाने छन् ।

त्यसैगरी आरिफ शेख, ललितसिंह भण्डारी, तथा दिलीप नाथ छनोटमा परेका छन् भने यता वैकल्पिकतर्फ जितेन्द्र मुखिया, अनिलकुमार शाह, सिद्धान्त लोहनी तथा कुशल भुर्तेल छन् ।

उक्त टोली यही मंसिर १३ गते युएई जाने नेपाली टोलीका व्यवस्थापक एंव टेक्निकल एनालिस्ट रमन शिवाकोटीले जानकारी दिए । त्यहाँ नेपालले अमेरिका र केन्यासँग अभ्यास खेल खेल्नेछ ।

सोमबार, ११ मंसिर, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*