सचिनको बायोपिक फिल्मबारे शाहरुखको भावुक ट्विट

बलिउड सुपरस्टार शाहरुख खानले हालै पूर्व भारतीय क्रिकेट कप्तान सचिन तेन्दुलकरलाई गरेको एक ट्विट अहिले निकै चर्चामा छ । यो चर्चाको एउटा कारण शाहरुखका भावनात्मक शब्द र सचिनको दार्शनिक रेस्पोन्स रहेको छ ।

त्यसो त भारतमा खेल क्षेत्र क्रिकेट र सिनेमा क्षेत्र बलिउडमा चर्चित व्यक्तित्वहरूलाई ठुलै सेलिब्रेटी मानिन्छ । दुवै क्षेत्रबीच अक्सर मधुर एवम् निकट सम्बन्ध रहँदै आएको छ । लोकप्रिय अभिनेता आमिर खान निर्मित÷अभिनित क्रिकेट–आधारित फिल्म ‘लगान’ ले ठुलो व्यापार गर्नुका साथै भारतमा लगभग सबैजसो फिल्मी पुरस्कार जितेको मात्र थिएन, संसार प्रसिद्ध हलिउड अवार्डका लागि समेत ‘बेस्ट फरेन फिल्म क्याटेगोरी’ पुरस्कारका लागि मनोनयनमा पनि परेको थियो ।

यतिबेला कुरा हो सचिन तेन्दुलकरको जीवनमा फिल्म बन्न लागेको । भारतमा क्रिकेटर तेन्दुलकरलाई ‘क्रिकेटको भगवान’ मानिन्छ । अब निकट भविष्यमा उनको जीवनमा आधारित एक बायोपिक फिल्म आउँदै छ । फिल्मको नाम हो, ‘सचिन ः अ बिलियन ड्रिम्स’ । शाहरुखले यही फिल्मको सन्दर्भमा सचिनलाई ट्विट गरेका हुन् । जति भावनात्मक शाहरुखको ट्विट छ, त्यत्तिकै दार्शनिक सचिनको जवाफ छ ।

सचिनको जीवनीमा आधारित फिल्म ‘सचिन ः अ बिलियन ड्रिम्स’ आउँदो मे २६ मा रिलिज हुँदैछ । यही सन्दर्भ पारेर ठुलाठुला हस्तीहरू सचिनलाई फेसबुक र ट्विटरमार्फत बधाई र शुभकामना दिन अग्रसर भइरहेका छन् । र, यी सबैमा शाहरुखको ट्विट सवशेष किसिमको छ । तेन्दुलकरले आफ्ना कुरा कहिलेकाहीँ मात्र सार्वजनिक गर्ने गर्दछन् तर उनले शाहरुखको ट्विटको जवाफ अत्यन्त संयमित र सानदार ढंगले दिएका छन् ।

शाहरुखले ट्विट गर्दै भनेका छन्, ‘म के मान्दछु भने जतिबेला तपाईं (क्रिकेट मैदानमा) राम्रो प्रदर्शन गर्नुहुन्छ, मैंले (र, मेरा मेरा फिल्महरूले पनि) राम्रो प्रदर्शन गरेँ । तर जतिबेला तपाईंले राम्रो प्रदर्शन गर्न सक्नुभएन वा गर्नुभएन त्यतिबेला मैंले पनि राम्रो प्रदर्शन गर्न सकिन । अरु कुरोडौँ मानिसजस्तै मलाई पनि आफ्नो प्रेरणास्रोत अभाव खड्किने छ । आउन लागेको फिल्मका लागि ‘अल द बेस्ट’ ।

यसको जवाफमा सचिनले शाहरुखको पोस्टलाई ट्याग गर्दै भने, ‘जिन्दगीमा हार भन्ने कुरा हुँदैन्थ्यो भने कसैले कहिल्यै जित्न सक्दैन थियो, र कहिल्यै कसैले केही सिक्न पनि सक्दैन्थ्यो । करोडौँ मानिसहरूका जस्तै तपाईंका शब्दहरूले मेरो मनलाई छोए । लभ यू ।’
शाहरुख खानका अतिरिक्त रजनीकांत, माधुरी दीक्षित र श्रेया घोषालसमेत धेरैले सचिनलाई शुभकामना दिएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*