सधै जवान रहनका लागि यस्ता छन् योगसूत्र

काठमाडौं, १४ पुस ।

सधैं जवान रहनका लागि योग राम्रो विकल्प हो । योगले शरीरका अंगहरु सक्रिय र स्वस्थ्य राख्छ । रक्त प्रवाह सुचारु गराउँछ । तन मात्र होइन, मनलाई पनि चंगा बनाउँछ । तन र मन स्वस्थ्य भएपछि जवान र तन्दुरुस्त देखिन्छ । त्यसैले निम्न विधि अपनाएर नियमित योगा गर्नुपर्छ ।

१. कुनै गुरुको निर्देशन एवं परामर्शमा योग अभ्यास सुरु गरौं ।

२. सूर्योदय वा सूर्यास्तको समयमा योग गर्नु ठीक हुन्छ ।

३. योग गर्नुअघि स्नान गर्नु सर्वोत्तम हुन्छ ।

४. योग खाली पेट गरौं । योग गर्नु २ घण्टाअघि केही नखाने ।

५. योगका लागि आरामदायक सुती कपडा लगाउनु राम्रो हो ।

६. तन जस्तै मन पनि स्वच्छ हुनुपर्छ । योग गर्नुअघि नराम्रो विचार त्याग्नुपर्छ ।

७. कुनै शान्त वातावरण र सफा स्थानमा योग गरौं ।

८. योग गरिरहँदा धैर्यता र दृढता आवश्यक हुन्छ ।

९. निरन्तर योग अभ्यास जारी राखौं ।

१०. योग गरिसकेको ३० मिनेटसम्म केही नखाने ।

११. प्राणायाम जहिले पनि आसन अभ्यासपछि मात्र गर्ने ।

१२. यदि कुनै रोग छ भने चिकित्सकको सल्लाह लिएर मात्र योग थाल्नुपर्छ ।

१३. योगअभ्यासको अन्त्यमा शवासन गर्नैपर्छ ।

योग कहिले सुरु गर्ने ?
योग गर्नका लागि सूर्योदयअघिको एक वा दुई घण्टा सबैभन्दा राम्रो हुन्छ । यदि बिहान सूर्योदयअघि योग गर्न सकिएन भने सूर्यास्तको समयमा पनि योग गर्न सकिन्छ ।

योग गर्नुअघि मनलाई शान्त राख्नुपर्छ । सम्पूर्ण ध्यान योगमा केन्द्रित गर्नुपर्छ ।

– योगअभ्यास धैर्यतापूर्वक गर्नुपर्छ । यदि शरीर लचिलो छैन भने जबरजस्ती कुनै पनि आसन गर्नु हुँदैन । बरु, बिस्तारै बिस्तारै अभ्यास गर्नुपर्छ ।

– सुरुमा त्यही आसन गर्नुहोस्, जुन तपाई सजिलैसँग गर्नुहुन्छ ।

– सुरुआतमा दुई आसनका बीच केही सेकेन्ड आराम गर्नुपर्छ ।

– आसन गरेको समय सांस लयबद्ध हुनुपर्छ ।

– मासिक धर्मको बेला वा गर्भावस्थामा योग गर्दा गुरुको परामर्श आवश्यक हुन्छ ।

– १० वर्षभन्दा कम उमेरका बच्चालाई जबरजस्ती कुनै पनि आसन गर्न लगाउनु हुन्न ।

– योगसँगै खानपानमा संयम अपनाउनुपर्छ ।

– पूरा निन्द्रा लिनुपर्छ । शरीरलाई व्यायाम र पौष्टिक आहारका साथै आराम पनि जरुरी हुन्छ ।  (एजेन्सी)

शुक्रबार, पुस १४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*