अचेल प्यार लाचार भएको छ…

गजल/लक्ष्मी पाण्डे ‘दीपिका’ 

अचेल प्यार पनि व्यापार भएको छ
साँच्चै प्यार गर्ने लाचार भएको छ ।।
कोही चाहन्छ साँचो प्रेम कोही देखावटी
ढाँट्नु र छल्नु आज प्रेमको सार भएको छ ।।

सोंच्दै नसोंची बसिदिन्छन प्रेमको नावमा
त्यसैले त बीच सफरमै हार भएको छ ।।
वैमनस्यता बढ्दै जान्छ लाचार बनाउँछ
जुट्नु त कता हो छुट्नु सदाबहार भएको छ ।।

फूलको रस चुस्ने भँवराको ताँती लागे जस्तै
जवानीको रस रँग अचेल बिहार भएको छ ।।

laxmi pandey

            — लक्ष्मी पाण्डे ‘दीपिका’

शुक्रबार, कात्तिक १०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*