अन्तराष्ट्रिय पारा एथलेटिक्समा नेपाललाई चार स्वर्ण

खेल संवाददाता । काठमाडौं, १२ कात्तिक ।

अन्तर्राष्ट्रिय पारा एथलेटिक्स च्याम्पियनसिप २०१७ मा नेपालले ४ स्वर्ण, २ रजत र ३ कांस्य पदक जित्न गर्न सफल भएको छ ।

नेपालका छत्र तामाङ्ग र हिरा कुमारी खत्रीले ध्वनी टेबल टेनिसमा भारतीय खेलाडीहरु रघुकुमार र लक्षुम्मालाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेका थिए ।

सानो गौचरणमा आयोजित प्रतियोगिताको पुरुष सटपुट तर्फ नेपाली खेलाडीहरुले तिनवटै पदक हात पार्न सफल भए । बिष्णु भण्डारीले स्वर्ण प्राप्त गर्दा दीपक तामाङ्ग र विर तामाङ्गले क्रमशस् रजत र कांस्य पदक पाए ।

यस्तै, डिस्कस थ्रोमा सविन थापाले रजत र जय कार्कीले कांस्य पदक पाए । ज्याभलिङ थ्रोमा सविन थापाले स्वर्ण हात पार्दा अर्जुन तामाङ्गले कांस्य पदक पाएका थिए ।

आइतबार, कात्तिक १२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*