अभिनेत्री निशा अधिकारी, झ्यानाकुटी लिएर कलेजहरू धाउँदै

कला संवाददाता । काठमाडौं, २२ कात्तिक ।

अभिनेत्री निशा अधिकारी निर्मित पहिलो चलचित्र ‘झ्यानाकुटी’ १ मंसिरबाट देशभर सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निीले पनि चलचित्रको प्रचारप्रसारलाई समेत तीव्र बनाएकी छन् ।

चलचित्रको प्रचारप्रसार अहिले राजधानीका विभिन्न कलेजबाट सुरु गरिएको छ । अभिनेता सौगात मल्ल, अभिनेत्री बेनिशा हमाल, निर्मात्री तथा अभिनेत्री निशा अधिकारीलगायत युनिट कलेज कलेज पुग्दै चलचित्रको प्रचार गरिरहेका छन् ।

राजधानीको मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशनल कलेज र चाबहिलमै रहेको के यु सिटी कलेजमा चलचित्रको प्रचार गरिएको छ । आफूले रुचाएको कलाकारलाई देखेपछि विधार्थीले सेल्फी मात्र खिँचेनन , जिज्ञासा समेत मेटाए ।

विद्यार्थीले अभिनेता सौगातलाई चलचित्रबारे धेरै प्रश्न तेर्साए । कतिपय विद्यार्थीले त चलचित्रको पोस्टरमा अभिनेत्री बेनिशाले सौगातलाई बोके झैँ बोकेर समेत हिँडे । यसरी बोकिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने मध्यबाट बढी लाइक पाउनेलाई प्रीति चाउचाउको तर्फबाट नगद रु ५१ हजार जित्न सक्ने घोषणा समेत कार्यक्रममा गरियो । यो जानकारीपछि कलेजमा अभिनेता बोक्ने विद्यार्थीको घुइँचो नै लाग्यो ।

कलेजमा चलचित्र युनिटले बालविवाहका बारेमा समेत छलफल गरेको अभिनेत्री तथा निर्माता निशाले जानकारी दिइन् । ‘विधार्थी पनि नेपाली चलचित्रको विषयमा अपडेट रहेछन्’ निशाले भनिन् ‘मेरो झ्यानाकुटी मात्र हैन, अन्य चलचित्रको विषयमा पनि अपडेट भएको पाउँदा निकै खुसी लाग्यो ।’ कलेजका विधार्थीको झ्यानाकुटी प्रति पोजिटिभ फिडब्याक पाउदा निशा दंग परिन् ।

कलेजको विधार्थीसँग घुलमिल हुन पाउँदा निकै खुसी देखिएकी अभिनेत्री बेनिशाले चलचित्रमा आफूले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको बताइन् ।

अभिनेता सौगातले चलचित्रमा आफूले निर्वाह गरेको भूमिका बताउँदै विद्यार्थीले एक्टिङको विषयमा राखेको जिज्ञासा समेत मेटाए । केही दिन पहिले चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।

बुधबार, कात्तिक २२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*