अमेरिकामा माउन्ट एभरेष्टको नाममा बाटोको नाम

न्यूयोर्क, अमेरिका ।

अमेरिकामा माउन्ट एभरेष्टको नाममा दुईवटा बाटोको नामाकरण गरिएको छ। न्यूयोर्क राज्य सरकारले नेपाल र नेपालीहरुको सम्मानार्थ क्वीन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ‘माउन्‍ट एभरेष्ट वे’ नामांकरण गरेको छ भने त्यो भन्दा अगावै क्यालिफोनियाको सान जोसेस्थित माउन्ट एभरेष्ट डिआर (ड्राइभ) नामाकरण गरिसकिएको छ।

न्यूयोर्क राज्य सरकारले एक कार्यक्रमको आयोजना गरी नेपालीको बाक्लो बस्ती रहेको ज्याक्सन हाइटस्थित ७५ स्ट्रिटको २५ देखि ३१ एभिन्यूसम्मको बाटोलाई माउन्ट एभरेष्ट वे नामाकरण गरेको हो।

नामाकरण कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डा. अर्जुन कार्की र काउन्सिल म्यान कोष्ट कोन्स्टीडिनेजले संयूक्त रुपमा उद्घाटन गरेका हुन्। राजदूत कार्कीले यस्ता कार्यक्रमले अमेरिकी सरकारद्धारा नेपालीको लागि दिइएको उच्च सम्मानमा झल्किएको बताए।

mt everest way- california

क्यालिफोनियाको सान जोसेस्थित माउन्ट एभरेष्ट (ड्राइभ) 

माउन्ट एभरेष्ट वे लेखिएको सडक चिन्हको बोर्ड काउन्सिल म्यानले एनआरएन एनसिसि अमेरिका र न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीलाई हस्तान्तरण गरिएको थियो। एनआरएन न्यूर्योकका अध्यक्ष रामहरी अधिकारीले समुदायको तर्फबाट लामो समयदेखि पहल गर्दै आएको आज आएर सफल भएकोमा खुसी व्यक्ति गरे।

नेपाल सरकारका बाणिज्य दूतावास र सिटी काउन्सीलको संयुक्त आयोजनामा भएको माउन्ट एभरेष्ट वे घोषणा तथा स्ट्रिट फेस्टिभल कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुनकुमार कार्की, बाणिज्य दुतावास न्यूयोर्कका कार्यवहाक महाबाणिज्यदूत पुष्प भट्टराई, बाणिज्य दूत कृसु क्षेत्री, अवैतनिक महाबाणिज्यदुत ऋषि ढकाललगायत न्यूयोर्क तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीको बाक्लो उपस्थिति थियो।

शनिबार, चैत ९, २०७५ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*