उत्तर कोरियाली यु—१९ फुटबल टोलीलाई अस्ट्रेलिया प्रवेशमा रोक

क्यानबरा, २६ असोज (एजेन्सी)

अस्ट्रेलियाले उत्तर कोरियाको युवा फुटबल टोलीलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ ।

उत्तर कोरियालीले विश्वभरबाट आएको विरोधका बावजुद आणविक कार्यक्रमलाई निरन्तरता दिएको र त्यको विरोधस्वरूप प्योङयाङको टोलीलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाइएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।

‘सरकारले यु—१९ एएफसी च्याम्पियनसिप क्वालिफायरका लागि अस्ट्रेलिया आउने तयारीमा भएको उत्तर कारियाली टोलीलाई यहाँ प्रवेश गर्न रोक लगाएको छ,’ अस्ट्रेलियाली विदेशमन्त्री जुली विसफेले भनिन्, ‘विश्वव्यापी विोधका बावजुद प्योङायङले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै मिसाइलसमेत परीक्षण गर्दै आएको छ । त्यसको विरोधस्वरूप हामी उनीहरूको युवा टोलीलाई रोक्न बाध्य भएका हौं ।’

उत्तर कोरियाली यु—१९ टोली एएफसी च्याम्सियनसिप क्वालिफायर म्याचका लागि अर्को महिना अस्ट्रेलिया आउने कार्यक्रम थियो ।

    बिहीबार, असोज २६, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*