एएफसी यू–१९ च्याम्पियनसिप : सबै ४ खेलमा पराजित नेपाल बाहिरियो

आज अन्तिम खेलको परिणाम : ओमान–५, नेपाल–०

काठमाडौं, २२ कात्तिक ।

एएफसी उन्नाइस वर्षमुनि (यू–१९) च्याम्पियनसिपअन्तर्गत आज भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

कीर्गिस्तानको विस्केकमा भएको खेलमा नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ओमानले नेपाललाई खेलको पहिलो हाफमा तीन गोल प्रहार गर्यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।

च्याम्पियनसिपमा चार खेल खेलेको नेपालले सबै खेलमा हार बेहोर्यो । चार खेलमा १२ गोल खाएको नेपालले एक गोल पनि फर्काउन सकेन ।

नेपाल पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भयो । त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग १–० गोलअन्तरको हार ब्यहोर्न पुगेको थियो ।

बुधबार, कात्तिक २२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*