कोरोनाविरुद्ध लडाइँ, सरकारले भन्यो – अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू

एसईई परीक्षा स्थगित, ५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध, सिनेमा हल, जिम र डान्सबार पनि बन्द

काठमाडौं । सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।

त्यस्तै पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ ।

सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ । त्यस्तै भीडभाड गरी यात्रा नगर्न सर्वसाधारणलाई पनि आग्रह गरेको छ ।

समितिको बैठकले मानिसहरुको जमघट हुने सार्वजनिम महत्वको स्थलहरुमा स्थानीय तहहरुले दैनिक रुपमा सरसफाइ र डिसइन्फेक्सन गर्नुपर्ने पनि निर्णय गरेको छ ।

५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध

सरकारले कोरोना भइरस ९कोभिड(१९ ० को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ ।

बुधबारको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो ।

यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ । बैठकमा सहभागी एक मन्त्रीले भने, ‘अहिले नै सरकारले पूर्ण रुपमा ‘लकडाउन’ भनेको छैन तर यो प्रतिबन्धले ५५ प्रदेशबाट नेपाल आउन रोक्नेछ ।’

चैत मसान्तसम्म विद्यालय र कलेज बन्द, एसईई परीक्षा स्थगित

बैठकले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय भएको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिने जोखिम बढेको सरकारले माध्यमिक शिक्षा (एसईई) परीक्षा स्थगित गरेको छ ।

चैत ६ गतेबाट सुरू हुने तय भएको परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुँदै थिए । उनीहरू मध्ये कतिपय परीक्षा केन्द्र तोकिएको क्षेत्रमा पुगिसकेका थिए ।

कूल ८६ वटा विषयका करिब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला-जिल्ला पुगिसकेका थिए । सबै तयारी पुरा भइसकेको भएपनि परीक्षा सुरु हुने अघिल्लो दिन साँझ सरकारले स्थगितको निर्णय गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए ।

किन एकाएक स्थगित भयो परीक्षा ?

अनलाइनखबरले यससम्बन्धी समाचार सम्प्रेषण गर्दै भनेको छ– कोरोनाबारे निर्णय गर्न सरकारले उपप्राधानमन्त्री पोखरेलको नेतृत्वमा समन्वय समिति बनाएको छ । यो समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो ।

तर लगतै बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखे । त्यही आधारमा उपप्रधानमन्त्री पोखरेलले दिउँसो बसेको समन्वय समितिकै निर्णय हुने गरी परीक्षा स्थगितको घोषणा गरेका हुन् ।

स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।

विश्वविद्यालयको परीक्षा पनि स्थगित

विश्वविद्यालयहरूले चैतमा लिन लागेको परीक्षाहरू पनि स्थगित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।

सिनेमा हल, जिम र डान्सबार पनि बन्द

बैठकले ३० अप्रिलसम्म सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।

निर्णयको २ नं। बुँदामा भनिएको छ, ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’

सपिङ मलमा स्यानिटाइजर अनिवार्य

बैठकले होटल, रेष्टुरेन्ट तथा सपिङ्ग मलको सञ्चालकलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गर्न अनिवार्य गरेको छ । टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न पनि भनिएको छ ।

साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ ।

 

कोरोना प्रभावित ५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध

सरकारले कोरोना भइरस (कोभिड-१९) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ ।

कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो ।

यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ ।

बैठकमा सहभागी एक मन्त्रीले भने, ‘अहिले नै सरकारले पूर्ण रुपमा ‘लकडाउन’ भनेको छैन तर यो प्रतिबन्धले ५५ प्रदेशबाट नेपाल आउन रोक्नेछ ।’

उपप्रधान तथा रक्षामन्त्री एवं समितिका संयोजक ईश्वर पारेखलले आवश्यक पर्दा सरकारले लकडाउन पनि घोषणा गर्न सक्ने बताए ।

समन्वय समितिको बैठकले ट्राभल एड्भाइजरी जारी गरेको अवधिमा हवाई टिकट रद्द गर्दा पुरै रकम फिर्ता दिन र यात्रा मिति परिर्वतन गर्दा शुल्क नलिन वायु सेवा कम्पनीहरुलाई भनेको छ ।

कहिले के निर्णय भयो ?

  • १८ फागुन : चीन, दक्षिण कोरिया, इरान, इटली र जापानका नागरिकलाई अनअराइल भिसा नदिने निर्णय । नेपाल भ्रमण वर्ष, सगरमाथा संवाद लगायतका अन्तराष्ट्रिय सभा समारोह स्थगित ।
  • २२ फागुन : चीन, दक्षिण कोरिया, इरान, इटली र जापान तथा ती मुलुकलाई ट्रान्जिट बनाएर आउनेलाई कोभिड १९ बाट संक्रमित नभएको स्वास्थ्य परीक्षणको प्रमाण पेश गर्नुपर्ने ।
  • २९ फागुन : सबै विदेशीलाई दिइँदै आएको अनअराइभल भिसा स्थगित गर्ने निर्णय । नेपाल प्रवेश गर्नेलाई १४ दिन क्वारेन्टाइन अनिवार्य ।
  • ५ चैत : युरोप, पश्चिम एसिया लगायत खाडी क्षेत्र, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट नेपाल आउन प्रतिवन्ध ।

प्रहरीले बरामद गरेको ५ लाख मास्क स्वास्थ्य मन्त्रालयलाई, बाँकी बेचिने

प्रहरीले बरामद गरेको मास्कमध्ये ५ लाख मास्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने निर्णय भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले स्वास्थ्यकर्मीका लागि ५ लाख मास्क दिने निर्णय गरेको हो ।

बाँकी मास्क साझा स्वस्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत विक्री वितरण गर्ने प्रबन्धका लागि पठाउने निर्णय गरिएको छ । प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले बुधबार मात्रै १० लाख थान मास्क बरामद गरेको छ ।

मंगलबार महाराजगञ्जले बुधबार १४ हजार मास्क पनि बरामद गरेको थियो । त्यसअघि काठमाडौं प्रहरी परिसर, टेकुले २ चैतमा १० लाख ८ हजार मास्क बरामद गरेको थियो ।

त्यसअघि  प्रहरीले १० लाख थान मास्कसहित काठमाडौंको सानोभर्‍याङबाट एक जनालाई पक्राउ गरेको थियो  । महानगरीय अपराध महाशाखाको टोलीले १० लाख थान मास्कसहित गोरखाका विनोद न्यौपानेलाई पक्राउ गरेको थियो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताएअनुसार बजार मूल्यभन्दा बढीमा बेच्न खोजेको सूचना आएपछि न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण वेला कालोबजारी गरेर सर्वसाधारणलाई दुःख दिइएको गुनासो आएपछि निगराढी बढाउने क्रममा न्यौपाने पक्राउ परेको थापाको भनाइ छ ।

यसअघि महाशाखाले मंगलबार मात्रै बढी मूल्यमा बेच्न खोजिएको १६ कार्टुन स्यानिटाइजर बरामद गरेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले इन्द्रचोकको सुरज आर्केटमा छापा हानेर स्यानिटाइजरसहित रुपेश रौनियारलाई पक्राउ गरेको थियो ।

उनले ८० मा खरिद गरेको स्यानिटाइजर दुई सय ५० रुपैयाँमा विक्री गर्ने गरेको थापाले बताए । महाशाखाले मंगलबारै महाराजगञ्जबाट १४ हजार मास्क पनि बरामद गरेको थियो । त्यसअघि काठमाडौं प्रहरी परिसर, टेकुले २ चैतमा १० लाख ८ हजार मास्क बरामद गरेको थियो ।
बुधबार, चैत ५, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*