कोरोनाविरुद्ध लड्न एन्फाद्वारा दुई एम्बुलेन्स प्रदान

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार आफ्नो दुई एम्बुलेन्स ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । एन्फाले कोरोना भाइरसविरुद्ध लड्न महानगरपालिकालाई एम्बुलेन्स दिएको हो । प्रकोप अन्त्यपछि फर्काउने गरी २ एम्बुलेन्स उपलब्ध गराइएको एन्फाले जनाएको छ ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले यसका लागि मंगलवार एमओयू समेत गरेका छन् । मेयर महर्जनले कठिन समयमा एन्फाले सहयोग गरेको भन्दै धन्यवाद दिए । उक्त दुई एम्बुलेन्स फिफा फरवार्ड फण्ड मार्फत एन्फामा आएको हो ।

एन्फाले यसअघि नै आफ्नो एकेडेलीलगायत भौतिक पूर्वाधारहरु क्वारेन्टिनको रुपमा प्रयोग गर्न सरकारलाई प्रस्ताव गरिसकेको छ । जसअनुसार रौतहटमा रहेको गर्ल्स फुटबल एकेडेमी प्रदेश २ सरकारले क्वारेन्टिनका लागि प्रयोग गरिसकेको छ ।

यस्तै, ललितपुरमा रहेको एन्फा एकेडेमी होस्टल र बुटवल र धरानमा रहेको एन्फा एकेडेमी पनि सरकारले प्रयोग गर्न सक्ने एन्फाले जनाएको छ ।

मंगलबार, चैत २५, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*