‘कोरोना भाइरसले विश्वभर ८५ करोड विद्यार्थीको पढाइ प्रभावित’

जेनेभा । विश्वको विद्यार्थीहरूमध्ये झण्डै आधा सङ्ख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट बञ्चित बनेका छन् । विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस सङ्क्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले गरेको निर्णयका कारण विद्यालय तथा विश्वविद्यालय नगएका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन ९युनेस्को०ले बुधबार जनाएको छ ।

युनेस्कोले यसलाई शिक्षा क्षेत्रमा खडा भएको ‘अप्रत्याशित चुनौती’ भनेको छ । युनेस्कोका अनुसार विश्वका ११३ मुलुकमा पूर्ण तथा आंशिकरूपमा विद्यालयहरू बन्द गरिएका छन् । यसमध्ये १०२ मुलुकमा विद्यालय पूर्णतया बन्द गरिएका छन् भने ११ अन्य मुलुकमा आंशिकरूपमा बन्द भएका छन् । युनेस्कोका अनुसार आगामी केही दिनमा थप देशहरूले पनि विद्यालयलाई बन्द गरी विद्यार्थीका कारण सङ्क्रमण फैलिने सम्भावनालाई रोक्ने पहल भइरहेको छ ।

‘कोरोनाभाइरस सङ्क्रमणका कारण एसियाभन्दा यूरोपमा बढीको मृत्यु’

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या बुधबार एशियाभन्दा यूरोपमा बढी पुगेको एएफपीलाई प्राप्त आधिकारिक तथ्याङ्कमा देखिएको छ । ग्रीनवीच समयअनुसार बुधबार बिहान ११ बजेसम्मको तथ्याङ्कमा यूरोपका बढी प्रभावित मुलुकहरू इटली,स्पेनलगायतका मुलुकमा तीन हजार ४२२ जनाको मृत्यु भएको जनाइएको छ भने एशियामा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन हजार ३८४ रहेको छ । प्राप्त तथ्याङ्क अनुसार बुधबार बिहानसम्म विश्वभर यस भाइरसको सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या एक लाख ९४ हजार पुगेको छ भने आठ हजार ९२ जनाको मृत्यु भएको छ ।

भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु चीनमा भएको छ भने यूरोपमा इटलीमा भएको छ । चीनमा बुधबारसम्ममा मृत्यु हुनेको सङ्ख्या तीन हजार २३७ पुगेको छ । इटलीमा दुई हजार ५०३ जनाको मृत्यु भएको छ भने अर्को बढी प्रभावित यूरोपेली मुलुक स्पेनमा ५९८ व्यक्तिको भाइरस सङ्क्रमणपछि मृत्यु भएको छ ।

जोन हपकिन्ज विश्वविद्यालयको अनुसन्धान केन्द्रको तथ्याङ्क अनुसार विश्वभर बुधबारसम्म दुई लाख एक हजार ४३६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । चीनबाहिर उक्त भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख २० हजार ३३४ पुगेको छ भने चीनमा ८० हजार ८९४ जनामा सङ्क्रमण पुष्टि भश्रएको छ । चीनपपिछ बढी सङ्क्रमित सङ्ख्या इटलीमा ३१ हजार ५०६ जना रहेको छ भने इरानमा १६ हजार १६९ पुगेको छ । इरानमा ९८८ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । (एजेन्सी)

बुधबार, चैत ५, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*