खुसी रहन सिक्नुहोस्, दुःखी हुँदैमा समस्याको समाधान निस्कँदैन

काठमाडौं, १० कात्तिक ।

दुनियाँमा त्यस्ता व्यक्ति पनि हुन्छन्, जसले आफ्नो प्राकृतिक खुसी गुमाएका हुँदैनन् । जतिसुकै गाह्रो, अप्ठ्यारो परिस्थितिमा पनि उनीहरूले खुसी हुन सिकेका र जानेका हुन्छन् । उनीहरूलाई थाहा हुन्छ, दुःखी हुँदैमा समस्याको समाधान निस्कँदैन ।

उनीहरू खुसी हुन्छन् । तर, यसको मतलब उनीहरूको जीवनमा कुनै पीडा, अभाव, समस्या हुँदैन भन्ने पनि होइन । त्यस्ता कुराले पनि उनीहरूलाई बेलाबेलामा सताउने गर्छ । तर, त्यसबाट विचलित भएर आफ्नो खुसी गुमाउने अवस्था आउन दिँदैनन् । उनीहरू व्यर्थ चिन्ता छाडेर अक्सर हाँसी–खुसी रहन्छन् ।

प्रश्न उठ्छ, जब उनीहरू खुसी हुन्छन् भने बाँकी मानिसहरू किन खुसी हुन सक्दैनन् ? आखिर उनीहरूमा त्यस्तो के गुण हुन्छ, जसले तनावका बीचमा पनि हाँसी–खुसी बाँच्ने शक्ति उनीहरूलाई दिन्छ ?

यो उनीहरूको स्वभावसँग जोडिएको कुरा हो । सधैं खुसी र सुखी हुने मानिसहरूमा केही निजी स्वभाव हुन्छ, जो अरूमा हुँदैन ।

मानवीय स्वभाव के हुन्छ भने, राम्रोभन्दा नराम्रो कुरा बढी खोतल्ने । हामीलाई नराम्रो कुुराले छिटै असर पनि गर्छ । अक्सर मानिस अर्कामा भएको कमी कमजोरी र त्रुटि बढी देख्छन् । कसैको सकारात्मक पक्ष भन्दा पनि नकारात्मक एवं कमजोर पक्ष केलाउने गर्छन् । त्यसैमा चियो–चर्चा पनि बढी गर्छन् ।

happyness 1

 

तर, सबै मानिस त्यस्ता हुँदैनन् । कति मानिस अरूको राम्रो खुबी, क्षमता, विचार खोज्छन् । एउटा मानिस सर्वगुणी हुँदैन र दोषै दोषले भरिएको पनि हुँदैन । उसमा गुण हुन्छ र दोष पनि । तर, अर्काको गुण खोज्ने मानिस कमै हुन्छन् । तिनै कम मानिसहरू हुन्, जो खुसी हुन्छन् । यस्ता मानिस अरूको सकारात्मक पक्षमा ध्यान दिन्छन् । यही कुराले उनीहरूलाई दुःखी हुन दिँदैन ।

हामी एकअर्कामा ईष्र्याको भावना बढी राख्छौं । अरूलाई होच्याउन पाउँदा, अरूलाई पेल्न पाउँदा सन्तुष्ट भएको महसुस गर्छौं । तर, सधैं खुसी रहने मानिसमा यस्तो स्वभाव हुँदैन । उनीहरू अरूलाई पीडा दिएर खुसी हुँदैनन् बरु सहयोग र समर्पणको भावना राख्छन् । सबैप्रति सौहाद्र्रपूर्ण व्यवहार गर्ने भएकाले उनीहरू खुसी रहन्छन् ।

आफूले गरेको गल्तीमा माफी माग्न र अरूको गल्तीमा माफी दिन पनि यस्ता व्यक्तिले कञ्जुस्यार्इं गर्दैनन् । यसले उनीहरूको मस्तिष्कमा अनावश्यक भार रहँदैन । मन हल्का हुन्छ । त्यही कारण उनीहरू दुःखी हुँदैनन् ।

सधैं खुसी हुने व्यक्तिको स्वभाव के हुन्छ भने परिवार, साथी, इष्टमित्र सबैसँग सन्तुलित र सहयोगी व्यवहार गर्ने । यसले उनीहरूप्रति कसैको नकारात्मक भाव पैदा हुँदैन । सबैले सहयोग र समर्पणको भावले हेर्छन् ।

परिवारका सदस्य, साथीभाइ, आफन्तको एउटा ठूलो जमातलाई आफूप्रति सकारात्मक राख्ने स्वभाव भएकाले उनीहरू कुनै पनि झन्झटबाट चाँडै मुक्त पनि हुन्छन् । किनभने उनीहरूको समस्या समाधानका लागि सबैजना एकजुट भएर लागि पर्छन् । त्यही कारण साथी, परिवार, आफन्तसँग मिलनसार व्यवहार गर्ने मान्छेले दुःखी हुनु पर्दैन । (एजेन्सीको सहयोगमा)

happyness 2

 

शुक्रबार, कात्तिक १०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*