खेलकुद पत्रकार मञ्चको नयाँ अध्यक्षमा देवेन्द्र सुवेदी

संवाददाता

काठमाडौं ।

नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा भएको निर्वाचनमा सुवेदीले निकटतम प्रतिस्पर्धी प्रकाश तिमल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार सुवेदीले ५५ मत प्राप्त गर्दा तिमल्सिना ४१ मतमा रोकिएका थिए ।

नवनिर्वाचित अध्यक्ष सुवेदी नेपाल टेलिभिजनमा कार्यरत छन् । मञ्चको उपाध्यक्षमा ध्रुव तुलाधर र निरञ्जन अधिकारी निर्वाचित भएका छन् । तुलाधरले ७१ मत प्राप्त गरेका छन भने अधिकारीले ५७ मत प्राप्त गरे ।

महासचिवमा काठमाडौं पोष्टका प्रज्वल ओली निर्वाचित भए । कान्तिपुर एफएमका पवन आचार्यलाई ३० मतअन्तरले पराजित गर्र्दै ओली महासचिवमा निर्वाचित भएका हुन् । ओलीले ६३ मत प्राप्त गर्दा आचार्यले ३३ मत पाएका थिए ।

मञ्चको सचिवमा ५८ मतका साथ गोविन्द रेग्मी निर्वाचित भएका छन् । रेग्मीले आदर्श ढकाललाई पराजित गरेका हुन् । त्यस्तै खुल्ला सदस्यहरुमा अनिल मल्ल ठकुरी, दिलबहादुर तामाङ्ग र हिमविक्रम केसी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले सवैलाई समेट्दै खेलकुद पत्रकार मञ्चलाई थप ब्यवसायिक संगठन बनाउने बताएका छन् ।

शुक्रबार, चैत २२, २०७५ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*