कविता/कमला न्यौपाने
मैले कहिल्यै नपाएको घाउ
मेरा मित्रहरूले लगाएकोचोट
बुझिँदै नबुझिने गहिरो जलन
ओह ! यो कस्तो दुखाइ ?
ओह ! यो कस्तो चस्काइ ?
म एउटी घायल शेरनी ।।
मेरो प्रत्येक घाउमा वेदना छ
ओह ! यो वेदनामा कस्तो ठुलो पीड़ा छ ?
न त जल छ, न त छ मलम नै
मेरो मित्रबाट पाएको यो चोट
धोकाहरूबाट पाएको यो व्यथा
ओ हो ! यो कत्रो जाल ?
म एउटी घायल शेरनी ।।
हृदयमा बिझेका छन् सयौं काँड़ा
ओ हो ! यसको एउटा गहिरो चस्काइ छ
यो चस्काइमा गहिरो वेदना छ
म एक घायल शेरनी ।।
एक पछि अर्को प्रहारहरू छन्
शिरदेखि पाउसम्म चोट छ
रोक्दा रोक्दै
बगेको त्यो तातो रातो रंग छ
अनि तप्प तप्केको छ
मेरो शिरदेखि पाउसम्म
यो असह्य दुखाइबाट
म गरजेँ, म छटपटाएँ
म एउटी घायल शेरनी ।।
मेरो आत्मादेखिको चिच्याइमा
निःशब्द सहनशीलता छ
मानवको अहंकारको
शिकारमा
अन्यायको जालमा फँसेको
म एउटी घायल शेरनी ।।
– कमला न्यौपाने
बुधबार, मंसिर २०, २०७४ मा प्रकाशित
What a nice poet. Did not know many hidden talents Kamala jee has. Very impressive.