चलचित्र ‘कारखाना’ मा सुशील र वर्षाको जोडी

कला संवाददाता

काठमाडौं, १४ असार ।  यही शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘कारखाना’को कारणले अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री बर्षा शिवाकोटी अहिले चर्चामा छन् ।

सुदीप खड्काले निर्माण गरेको ‘कारखाना’ सुशील र वर्षाको पहिलो चलचित्र भने होइन । अनुभवी कलाकार अभिनित भएर पनि चलचित्र चर्चामा रहन सफल भएको हो । सुशीलले होस्टल रिटर्न्समा अभिनय गरिसकेका छन् भने बर्षाका केही चलचित्र सार्वजनिक भइसके ।

सुशील र बर्षाको आकर्षक अभिनयसमेत समेटिएको चलचित्रमा राजेन्द्र केसी, ओम बज्राचार्य र सूर्याश खड्का निर्माता रहेका छन् ।
चलचित्रका धेरैजसो दृश्य हेटौंडामा सुटिङ गरिएको छ । हेटौडाका आकर्षक दृश्यले भरिएको चलचित्र हेरुन्जेल मज्जाले टाइम पास हुने निर्माण पक्षले बताउदै आएको छ ।

चलचित्रले दर्शकलाई छिनमै हँसाउने र छिनमै भाबुक बनाउदै रुवाउने निर्माता सुदीपले बताए । वर्षा र सुशीलका साथै चलचित्रमा मौसमी मल्ल, जेबीका कार्की र नागेन्द्र रिजालको पनि अभिनय छ ।

निर्माण युनिटले चलचित्र प्रचारमा पनि यी दुई कलाकारलाई नै अगाडि सारेको छ । गीत तथा ट्रेलरमा पनि दुबै कलाकार हाबी छन् । गीत तथा ट्रेलरका युट्युब दर्शक लाखौ छन् ।

          असार १४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*