चारपटकको विजेता इटाली विश्वकपमा छनोट हुन असफल

विश्वपमा छनोट नभएको ६० वर्षपछि पहिलो पटक 

रोम, २८ कात्तिक ।

चारपटकको विजेता इटाली विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि छनोट हुन असफल भएको छ। इटालीलाई पछि पारेर स्विडेन भने एक वर्षपछि रसियामा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ।

सोमबार राति भएको प्ले अफको निर्णायक दोस्रो लेगमा स्विडेनले इटालीलाई गोलरहित बराबरीमा रोक्यो । पहिलो लेगमा १–० विजयी भएको फाइदा उठाउँदै स्विडेन विश्वकपमा छनोट हुन सफल भएको हो ।

सन् १९३० मा उरुग्वेमा आयोजन भएको पहिलो संस्करणमा सहभागी इटाली विश्वपमा छनोट नभएको ६० वर्षपछि पहिलो पटक हो। इटाली पछिल्लो पटक सन् १९५८ मा छनोट हुन असफल भएको थियो। इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप फुटबलको उपाधि जितेको थियो ।

युरोपबाट अब थप १ टिमको टुंगो प्ले अफबाट लाग्नेछ। जहाँ डेनमार्क र आयरल्यान्ड गणतन्त्रबीच प्रतिस्पर्धा हुँदैछ। पहिले लेगमा डेनमार्क र आयरल्यान्ड गणतन्त्रले गोलरहित बराबरी खेलेका थिए।

अन्तरमहादेशीय प्ले अफमा अस्ट्रेलिया र होन्डुरसबीच दोस्रो लेगमा शुक्रबार प्रतिस्पर्धा हुँदैछ। पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो। अर्को प्ले अफमा पेरु न्युजिल्यान्डबीच प्रतिस्पर्धा शुक्रबार नै प्रतिस्पर्धा हुनेछ। पहिलो लेगमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए।

स्विडेन छानिएसँगै अहिलेसम्म विश्वकप खेल्ने २९ टिमको टुंगो लागेको छ।

विश्वकप-२०१८ मा खेल्नका लागि एसियाबाट इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया छनोट भइसकेका छन् ।

कप्तान बुफोनले रोक्न सकेनन् आँसु

Bufon
फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ का लागि आफ्नो टिम छनोट हुन नसकेपछि इटालीका कप्तान तथा गोलकिपर जियानलुइजी बुफोन भक्कानिए ।

स्विडेनसँग पराजित भएर विश्वकपमा नछानिएपछि बुफोन मैदानमा रोए । बुफोनका लागि यो खेल देशका लागि अन्तिम थियो । बुफोनले प्ले अफको अन्तिम खेलबाट संन्यास लिने घोषणा गरेका थिए।

३९ वर्षीय बुफोनले १९९७ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए। त्यसता उनले देशका लागि १ सय ७५ खेल खेले। २० वर्ष राष्ट्रिय टिमबाट खेलेका बुफोनले सन् २००६ मा इटालीलाई विश्वकप जिताउँन प्रभावशाली भूमिका निर्वाह गरेका थिए।

अन्तिम खेल खेल्दा इटाली विश्वकपमा छनोट हुन नसकेकोमा दु:ख लागेको बुफोनले प्रतिक्रिया दिए। उनले विश्वकपमा छनोट हुन नसकेपछि इटाली विश्वकपकै बलियो टिम भएको तथा भविष्यमा सफलता हात पार्ने विश्वास व्यक्त गरे।

सन् १९३० मा उरुग्वेमा आयोजन भएको पहिलो संस्करणमा सहभागी इटाली विश्वपमा छनोट नभएको ६० वर्षपछि पहिलो पटक हो। इटाली पछिल्लो पटक सन् १९५८ मा छनोट हुन असफल भएको थियो। इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप फुटबलको उपाधि जितेको थियो।  (एजेन्सी)

मंगलबार, कात्तिक २८, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*