छठको अवसर पारेर देशभर चलचित्र ‘ऐश्वर्य’

संवाददाता । काठमाडौं, ९ कात्तिक ।

छठ पर्वको उपलक्ष्य पारेर आजबाट चलचित्र ‘ऐश्वर्य’ प्रर्दशनमा आएको छ । १६ वर्ष मुनिका दर्शकले आमाबाबुसँग मात्र हेर्ने मिल्ने चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएको हो ।

रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतको अभिनय रहेको चलचित्रको रमेश उप्रेती प्रस्तुतकर्ता हुन् भने अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । अभिनेत्री दीपिकाको यो डेब्यु चलचित्र हो ।

लभस्टोरी जानराको यो चलचित्र सुख सम्पति प्राप्तिको पछि लाग्दा निम्तिने अवस्थालाई देखाउन खोजिएको छ । चलचित्र दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । लेखन समेत निर्देशक भट्टराइको रहेको चलचित्रको प्रचारका लागि सार्वजनिक ट्रेलर र गीत दर्शकले मन पराइसकेका छन् ।

लामो समय अमेरिका बसाइँपछि स्वदेश फर्किएका रमेशले यसै चलचित्रमार्फत निर्माताको रुपमा डेब्यु गरेका छन् । निर्मल शर्मा सहनिर्माता रहेको यस चलचित्रले राम्रो व्वसाय गर्ने अपेक्षा धेरैको छ ।

बिहीबार, कात्तिक ९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*