जापानीहरू नुहाउँदा पनि फोन चलाउँछन् !

सूर्योदयको मुलुक (निप्पन) भनेर ख्याति कमाएको एसियाली मुलुक जापान घडी आदि इलेक्ट्रोनिक सामान र अटोमोबाइल उद्योगको उत्पादकका रूपमा संसार प्रसिद्ध छ । दोस्रंो विश्व युद्धमा करिब ध्वस्तै भएर पनि गज्जबको स्वाभिमान र उत्प्रेरणासाथ उठेर विकासका रहरलाग्दा शिखरहरू चुमेको र निरन्तर चुम्दै गइरहेको यही मुलुकका अनेक विशेषताहरू पनि छन् जुन किनै रोचक र घतलाग्दा प्रतीत हुन्छन् । जापानसम्बन्धी त्यस्ता केही तथ्य बुँदागत रूपमा यहाँ प्रस्तुत गरिएको छ–
– जापानीहरू समयको मामिालामा निकै कठोर छन् । यहाँका रेलहरू पनि ढिलो गरेमा बढी भन्दा बढी १८ सेकेन्डसम्म ‘लेट’ हुनसक्छन् ।
– जापानमा निकै धेरै भूकम्प गइरहन्छ । भनिन्छ, यहाँ सानाठुला गरी प्रतिवर्ष १५०० भूकम्प आउँछन् अर्थात् हरेक दिन चारपटक । त्यहाँ सन् २०११ मा आएको भूकम्प सबैभन्दा ठुलो र तेज भूकम्प थियो । त्यही भूकम्पको कारणले गर्दा पृथ्वीको घुम्ने गतिमा १.८ माइक्रो सेकेन्डले वृद्धि भएको थियो ।
– जापानका कुनै पनि विश्वविद्यालयमा अरबी अथवा कुनै पनि इस्लामी भाषा सिकाइँदैन । यसका साथै, मुसलमानहरूलाई नागरिकता नदिने जापान संसारको एक्लो देश हो । कहाँसम्म भने मुसलमानहरूलाई जापानमा भाडामा घर पनि उपलब्ध हुँदैन ।
– जापानमा १० वर्षको उमेर नपुगेसम्म केटाकेटीहरूले कुनै स्कुले परीक्षा दिइरहनु पर्दैन । यहाँ विद्यार्थी बालबालिका र शिक्षकहरू मिलेर कक्षाकोठाहरू सफा गर्ने गर्दछन् ।
– जापानका मानिसहरूको औसत आयु संसारमा सबैभन्दा बढी छ । (८२ वर्ष) । यहाँ साक्षरता दर १०० प्रतिशत छ । जापानी मिडियामा आधुनिक जानकारी, ज्ञान–विज्ञान, खेलकुद र आवश्यक समाचारहरू नै बढी छापिन्छन् भने दुर्घटना, राजनीति, वादविवाद र फिल्मी मरमसलाले कमै मात्र ठाउँ पाउँछन् । अझ रोचक के भने जापानमा प्रकाशित हुने पुस्तकहरूमध्ये २० प्रतिशत पुस्तक कमिक्स हुने गर्छन् ।
– जापानसँग कुनै पनि किसिमका प्राकृतिक संसाधन (लबतगचब िचभकयगचअभक) छैनन् । जापानीहरू प्रतिवर्ष सयौँ भूकम्प ब्यहोर्छन् । यसो भए तापनि जापान संसारकै दोस्रो सर्वाधिक ठुलो ‘आर्थिक शक्ति’ हो ।
– जापान त्यसो त कराते र जुडो जस्ता आत्मरक्षा कला मार्सल आटर््सका लागि दुनियामा प्रसिद्ध छ तर ‘सुमो’ त्यहाँको सबैभन्दा लोकप्रिय खेल हो । जापानको राष्ट्रिय खेल पनि सुमो नै हो । बेसबल पनि त्यहाँ निकै लोकप्रिय मानिन्छ ।
– जापानमा नयाँ वर्षको स्वागत मन्दिरमा १०८ घन्टी बजाएर गर्ने गरिन्छ भने यहाँ अबेर रातीसम्म नाचगान गर्न पाइँदैन ।
– कालो बिरालोलाई जापानीहरू ‘सौभाग्यशाली’ र शुभ मान्दछन् ।
– जापान चारैतिरबाट समुद्रले घेरिएको छ तापनि यसले २७ प्रतिशत माछा अन्य मुलुकहरूबाट आयात गर्दछ । स्वयम्मा जापान संसारकै सबैभन्दा ठुलो अटो मोबाइल निर्माता मुलुक हो ।
– जापानमा ९० प्रतिशत मोबाइल वाटरप्रुफ छन् किनभने जापानीहरू नुहाउँदा पनि फोन प्रयोग गर्न रुचाउँछन् ।
– जापानमा सबैभन्दा धेरै बेनामी सडक छन् । यो मुलुकमा एउटा त्यस्तो भवन पनि छ जसको बीचबाट भएर राजमार्गको निकास गएको छ ।
– जापानीहरूले ‘सरी’ भन्नु पर्यो भने यसका लागि उनीहरूसित २० भन्दा धेरै तरिका (किसिम) छन् ।

(तस्बिर– सुमो खेलाडीहरू रिङ्मा प्रवेश गर्नु अगाडि रmेस्सित मिली सामूहिक प्रार्थना गर्दै )।

……………सायोनारा…………….

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*