जुम्ल्याहा बच्‍चाको नाम ‘कोरोना’ र ‘कोभिड’

छत्तीसगढ (भारत) । भारतको छत्तीसगढ को रायपुर शहरमा जन्मिएका नवजात जुम्ल्याहामध्ये नाबालकको नाम ‘कोरोना’ र नाबालिकाको नाम ‘कोभिड’ राखिएको छ।

कोरोभाइरसको संक्रमण फैलन नदिन लागू भएको राष्ट्रव्यापी लकडाउनमा जन्मेका उनीहरू अस्पतालबाट डिष्चार्ज भैसकेका छन् ।

बच्चाका आमा प्रीति वर्मा र बुबा शुभ्र सिंहले विश्वले भोगिरहेको अप्ठ्यारो समयमा जन्मिएका हुनाले त्यसलाई सम्झिरहन आफ्ना जुम्ल्याहा सन्तानको नाम कोरोना र कोभिड राखिएको बताएका छन् ।

अस्पतालका कर्मचारीले ती जुम्ल्याहा जन्मिए लगत्तै कोरोना र कोभिड भनेर बोलाउन थालिएको र त्यसले उनीहरूका अभिभावकलाई यस्तो निर्णय गर्न सजिलो भएको बताएका छन् ।

जुम्ल्याहा बच्चाका आमा र बुबा केही वर्षदेखि छत्तीसगढ राज्यको राजधानी पुरानो बस्ती क्षेत्रमा भाडाको घरमा बस्दै आएका छन्। (एजेन्सी)

शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*