टोकियो ओलम्पिक एक वर्ष पछाडि सर्‍यो

Mandatory Credit: Photo by Aflo/Shutterstock (10346040b) The Olympic Rings adorn an event square which opens at Tokyo's Nihonbashi to mark just one year to the start of the 2020 Tokyo Olympics and Paralympics. Tokyo Olympic Games One Year to Go, Japan - 24 Jul 2019

टोकियो । आगामी जुलाईमा हुन लागेको टोकियो ओलम्पिक एक वर्ष पछाडि सरेको छ । कोरोना भाइरसका कारण विश्वभर त्रास फैलिएका बेला जापान एक वर्षका लागि प्रतियोगता सार्न सहमत भएको हो ।

जापानी प्रधानमन्त्री सिन्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीबीच टोकियो ओलम्पिक सार्ने सहमती जनाएपछि प्रतियोगिता एक बर्षका लागि सारिएको हो ।

प्रधानमन्त्री आबेले जापान सरकारले ओलम्पिक एक बर्षका लागि सार्न अनुमती मागेकोमा आइओसीका अध्यक्ष थोमस बाकले सहमति जनाएको बताउनुभयो । यस्तै टोकियो पाराओलम्पिक पनि एक बर्षका लागि सरेको छ ।

कोरोनाका कारण टोकियो ओलम्पिक सार्नका लागि चौतर्फी दबाव थियो । जसमा क्यानडा, अष्ट्रेलियाले २०२० मा नै भएमा खेलाडी नपठाउने बताएको थियो । यस्तै बेलायतले पनि ओलम्पिक सार्नका लागि आग्रह गरेको थियो भने अमेरिकी खेलाडी तथा एथ्लेटिक्स संघले पनि टोकियो ओलम्पिक सार्नुपर्ने भन्दै आफ्नो भनाई राखेका थिए ।

तर यता आयोजक जापानले केहि दिन अगाडिसम्म प्रतियोगिता तोकेको मितिमै हुने बताउँदै आएको थियो । जुलाई २४ देखि अगष्टको पहिलो सातासम्म हुने प्रतियोगिता अब अर्को बर्ष हुने छ । यद्यपि, प्रतियोगिता सार्ने निर्णय भए पनि कहिले गर्ने भन्नेबारे अझै टुंगो लागेको छैन । यसबारे आईओसीले चाँडै निर्णय लिने बताइएको छ । (एजेन्सी)

शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*