तीन वर्षमा सबै स्थानीय तहमा पुस्तकालय बनाइने

काठमाडौं, १० भदौ ।

शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने भएको छ ।

स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए । उनले आगामी ३ वर्षमा सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने बताए ।

उनले यसै आर्थिक वर्षदेखि हामीले पुस्तकालय बनाउने काम शुरु गर्ने उल्लेख गरे ।

उनका अनुसार यस आर्थिक वर्षमा ३५० स्थानीय तहमा पुस्तकालय बनाउने मन्त्रालयको योजना रहेको छ । जसका लागि मन्त्रालयले बजेटसमेत विनियोजन गरिसकेको छ । एउटा पुस्तकालयका लागि रु ६ लाख बजेट विनियोजन गरिएको छ ।

यसैगरी सातवटा प्रदेशमा पनि प्रादेशिक पुस्तकालय बनाउने उनले बताए । रासस

     शनिबार, भदौ १०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*