दक्षिण अफ्रिकी युवती जोजिबीनी तुन्जीले जितिन् ‘मिस युनिभर्स २०१९’ को ताज

एटलान्टा (अमेरिका) । विश्व सुन्दरी प्रतियोगिता–२०१९ को मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी युवती जोजिबीनी तुन्जीले जितेकी छन् ।

एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित प्रतियोगितामा तुन्जीले ९० भन्दा बढी प्रतियोगीलाई हराउँदै मिस युनिभर्स बनेकी हुन् ।

२६ वर्षीया जोजिबीनीले महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा मिस युनिभर्सको ताज जितेकी हुन् ।

तुन्जीले आफ्नो समापन भाषणमा भनेकी थिइन्(‘म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ ।’

सन् २०१८ की मिस युनिभर्स फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् । (एजेन्सी)

मंगलबार, मंसिर २४, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*