दुई नयाँ फ्राइडे रिलिज ‘पर्व’ भर्सेज ‘हिटलर’

काठमाडौं । यो शुक्रबार अर्थात् आज जेठ १२ गते नेपाली हलहरूमा दुईवटा सिनेमा नयाँ फ्राइडे रिलिजका रूपमा प्रदर्शनमा आएका छन् । ती हुन्– ‘पर्व’ र ‘हिटलर’ । भारतमा त्यहाँको क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरको जीवनकथामा आधारित स्पोर्ट्स डोक्युड्रामा ‘सचिन ः अ बिलियन ड्रिम्स’ को सार्वजनिक प्रदर्शन हुँदै गर्दा नेपालमा पनि फ्राइडे रिलिजको परम्परामा यी दुई फिल्म अगाडि आएका हुन् ।
यी दुवै फिल्म फरक स्वादका छन् । जहाँ ‘पर्व’ लाई थ्रिलर फिल्म भनिएको छ त्यहीँ ‘हिटलर’लाई कमेडी/लभस्टोरी बताइएको छ ।
‘हिटलर’ 
अधिकांश नयाँ कलाकारको बाहुल्य रहेको हिटलर कमेडी, लभ र रोमान्सको त्रिपक्षीय स्वाद मिसाइएको टे«लरका साथै ‘तिाी चाउमिन खाँदै, मःमः बजाउँदै’ बोलको गीतका कारण चर्चामा छ ।
कलाकार सोहित मानन्धर मात्र दर्शकहरुमाझ केही परिचित अनुहार हुन् । सौरभ ढकाल निर्देशित फिल्म ‘हिटलर’मा सोहितसँगै नव-अभिनेत्री समिया बर्तौलाको मुख्य भूमिका छ ।
अष्टनारायण पिक्चर्सले निर्माण गरेको यस फिल्मलाई अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्म्सले सहकार्य गरेका हुन् ।
‘पर्व’ 
बर्ष २०७२ मा रिलिज भएको फिल्म ‘क्लासिक’ पछि दर्शकहरुले नायिका नम्रताको श्रेष्ठ अभिनित फिल्म हेर्न पाउँदैछन्, ‘पर्व’ ।
‘काले दाई’ बोलको आइटम गीतका कारण नै आफ्नो छुट्टै हाइप बनाइसकेको ‘पर्व’ मा नायिका नम्रता श्रेष्ठ र नायक कोशिश क्षेत्रीको मुख्य भूमिका छ ।
parva-premiere-26052017090501-1000x0
थ्रिलर कथावस्तुमा निर्माण भएको फिल्मलाई ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता फिल्मका निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् ।
गोपीकृष्ण टीभीको निर्माणमा सुवास इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘पर्व’ मा नम्रता र कोशिससहित माला लिम्बू, जेबिका कार्कीलगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
फिल्ममा राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, किरण माइकलको पटकथा तथा संवाद, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको एक्सन रहेको छ ।
     जेठ १२, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*