देशको मुहार फेर्न वाम गठबन्धनलाई मतदान गर्नुस् : ओली

काठमाडौं, १३ मंसिर ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको मुहार फेर्न र देशलाई विकासको नयाँ उचाइमा लैजाने योजना भएको बाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्र्नेमा जोड दिएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं १ को संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले मंगलबार आयोजना गरेको चुनावी सभामा उहाँले देश र जनताको विकास गर्ने उम्मेदवार छान्ने इतिहास निर्वाचन भएकाले सही उम्मेदवारलाई मत दिन आग्रह गरे ।

उनले भने, “देशको भविष्यलाई कता लाने भन्ने ऐतिहासिक निर्वाचन हो यो, यसलाई ख्याल ठट्टाका रुपमा नलिऊँ, यसले देशको भविष्य निर्धारण गर्छ, अब विकास गर्ने पार्टीलाई मतदान गर्नुस् ।”

अव वाम गठबन्धनको दुई तिहाई आउने र देश विकासमा लाग्ने भन्दै ओलीले कांग्रेस त्यही बुझेर हतोत्साहित बनेको आरोप लगाए । ‘कांग्रेस देश दौडाहामा लागेको छ । तर न योजना छ न कार्ययोजना छ’, ओलीले भने, ‘कम्युनिष्टले जिते लोकतन्त्र समाप्त हुन्छ भन्छन् । त्यसपछि बोल्ने केही कुरा हुँदैन, जय नेपाल भनेर टुंग्याउँछन् ।’

पूर्वप्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनवी तालमेल एमाले र माओवादीबीच भएको उल्लेख गर्दै एउटै पार्टी बनाउने सङ्कल्पका साथ दुई पार्टी अगाडि बढेको उल्लेख गरे ।

नेकपा (एमाले) का नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवकुमार नेपालले स्थायी सरकार र देशको विकासका लागि कम्युनिष्ट सरकार जरुरी भएको बताउँदै देशलाई समस्या परेको अवस्थामा कम्युनिष्टहरुको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

नेपालले नयाँ नेपालको परिकल्पना गरेर त्यसको योजनासमेत बनाएको वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्नसमेत आग्रह गरे ।

नेकपा (माओवादी) का नेता तथा मन्त्री जनार्दन शर्माले कम्युनिष्ट सरकारको पालामा देशमा लोडसेसिडको अन्त्य गरी जनतालाई राहत प्रदान गरेजस्तै धेरै भौतिक पूर्वाधारको विकासका लागिसमेत वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

उनले वाम गठबन्धनका उम्मेदवारमा देश विकासका प्रस्ट योजना भएको हुँदा उनीहरुलाई मतदान गर्न आग्रह गरे ।

mass election public meeting

वाम गठबन्धनबाट काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल शर्माले भ्रष्टाचार नगरी यहाँको विकासमा ध्यान दिने र त्यसका लागि आफूले बजेट छुट्याएर पठाउने विश्वास व्यक्त गर्दै आफू जननेता मदन भण्डारीले नेतृत्व गरेको भूमिमा उभिएर भण्डारीले देखेका सपना पूरा गर्न चाहेको हुँदा वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

उनले वृद्धाको सारथी, यहाँका इतिहास धरोहर र भौतिक पूर्वाधारको विकास निर्माण गर्न आफूसँग स्पष्ट योजना भएको हुँदा भारी मतले विजयी गराउन आग्रह गरे ।

प्रदेशसभा सदस्य (क) का उम्मेदवार विष्णुकमारी भुसाल र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार गणेशप्रसाद दुलाले यहाँको विकास र समृद्धिका लागि आफूहरुलाई मतदान गर्न आग्रह गरे ।

सभामा गीतसंगीतसमेत प्रस्तुत गरिएको थियो ।

विगतमा बहुमत ल्याउँदा पनि काँग्रेसले विकास गरेन

यसैगरी वाम गठबन्धन निर्वाचन कमिटी ललितपुरले आज लगनखेलमा आयोजना गरेको चुनावीसभामा अध्यक्ष ओलीले विगतमा बहुमत ल्याए पनि नेपाली काँग्रेसले देश र जनताका लागि काम गर्न नसकेको आरोप लगाए ।

उनले भने, “बहुमत आउँदा कहिले चलेका उद्योगहरु कौडीको मूल्यमा बेच्ने त कहिले लोकतन्त्र दरबारमा बुझाउने गल्ती काँग्रेसले गरेको छ ।”

अध्यक्ष ओलीले काँग्रेस विगतदेखि नै झुट बोल्न पल्किएको बताउँदै “पहिले कम्युनिष्टले बूढाबूढीलाई गोली हानेर मार्छ भन्थ्यो, अहिले त्यो भन्न आँट नगरेर अधिनायकवाद आउने बताउँदैछ,” भने ।

नेपालमा दुईवटा छिमेकीसँग सम्बन्ध सुधार गर्ने, भएको बाटो खोल्ने, प्रविधिमा आधारित कृषि, दलित, उत्पीडित र लोपन्मुख समुदायका सन्तानलाई निःशुल्क शिक्षा लगायतका काम वामपन्थी सरकारले गर्ने उल्लेख गर्दै उहाँले शान्तिसुरक्षा नहुँदा दिनहुँ बम पड्किएका घटना आइरहेको छ भने ।

अध्यक्ष ओलीले “निर्वाचन नभएर खेदिएका राजा फर्काउने कि बम पड्काउनेलाई नै राजा बनाउने रु” भनी प्रश्न गर्दै पहिलो चरणको निर्वाचन जसरी नै दोस्रो चरणको निर्वाचन हुनेमा ढुक्क हुनुहोस् भने ।

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य रघुजी पन्तले अहिलेसम्म राम्रो कामको थालनी कम्युनिष्ट प्रधानमन्त्रीले नै गरेको स्मरण गरे ।

वाम गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं ३ की उम्मेदवारसमेत रहनुभएकी माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नेपाली काँग्रेसका उम्मेदवारले भोट किन्न खोजेको आरोप लगाइन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार कृष्णलाल महर्जनले विगतमा वामपन्थी शक्ति अलग हुँदा गुमेको ललितपुरका क्षेत्रहरु अहिले एक भएकाले फर्कने विश्वास व्यक्त गरे ।

प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार नमराज सिलवालले २३ वर्षसम्म शासन गरेको नेपाली काँग्रेसले अबको ५ वर्ष प्रतिपक्षमा बसेर वामपन्थी सरकारबाट सिक्नुपर्ने बताए ।

नेकपा (एमाले) की केन्द्रीय सदस्य सुशिला नेपालले ललितपुरमा फेरि पनि वामपन्थीको किल्ला बन्ने विश्वास ब्यक्त गरिन् ।

अध्यक्ष ओलीको कार्यक्रमस्थल नजिक बम विस्फोट

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर मंगलबार लगनखेल बसपार्कनजिक बम विस्फोट भएको छ ।

लगनखेल बसपार्कमा वाम गठबन्धनको चुनावीसभा भइरहँदा त्योभन्दा झण्डै दुई सय मिटरको दूरीमा बम विस्फोट भएको हो । दुई बजेर ४५ मिनेट जाँदा घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता ९प्रहरी नायब उपरीक्षक० नरेन्द्र चन्दले बताए ।

घटना बसपार्कको विपरीत दिशामा पर्ने नमूना मछिन्द्र आवासीय मावि नजिकै भएको थियो । बम विस्फोट हुँदा कुनै पनि खालको क्षति नभएको उनले बताए । उनले भने, “विद्यालयको सिसा फुट्नेबाहेक ठूलो क्षति भएको छैन ।”

प्रेसर कुकर बम फोहोर फाल्ने ठाउँमा विस्फोट भएको थियो । घटनामा संलग्न व्यक्तिको पहिचान नभएको बताउँदै प्रहरी नायब उपरीक्षक चन्दले “हामीले यसमा थप अनुसन्धान गरिरहेका छौँ,” भने ।

उद्घोषकले प्रमुख अतिथिका रुपमा रहेका अध्यक्ष ओलीलाई मन्तव्यका लागि बोलाउनासाथ बम विस्फोट भएको थियो ।

कार्यक्रमका सहभागीहरु भागदौड गर्न लाग्दा उद्घोषकले गाडीको टायर पड्किएको भन्दै रोकेका थिए । ओलीले भने बम नै हुनसक्ने बताएका थिए । (राससको सहयोगमा)

बुधबार, मंसिर १३, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*