देशभर १० हजार ६७१ निर्वाचन स्थल, १९ हजार ८०९ मतदान केन्द्र

संवाददाता । काठमाडौं, ४ कात्तिक ।

निर्वाचन आयोगले आगामी मङ्सिरमा हुने निर्वाचनको लागि १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको छ।

प्राप्त जानकारीअनुसार आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि १९ हजार ८०९ मतदान केन्द्रको निर्धारण गरिएको हो । प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादव आयोगले मतदाता नामावलीलाई ०७४ असोज १७ गते अन्तिमरूप दिइसकेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ कायम भएको छ । ०७४ भदौ ५ गते सम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको आयोगले जनाएको छ ।

पहिलो चरण मंसिर १० गते ३२ जिल्लामा हुने निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्ने प्रमुख आयुक्त यादवले जानकारी दिए ।

  शनिबार, कात्तिक ४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*