नर्सिङ क्रेज

नेपालमा नर्सिङ क्षेत्रमा कति जनशक्ति आवश्यक होला ? यसको कुनै आंकलन गरिएको छैन ।  एक अन्तर्राष्ट्रिय मान्यताअनुसार, प्रत्येक १० हजार जनसंख्या बराबर २३ जना यस्ता जनशक्तिको आवश्यक हुन्छ । नेपालको जनसंख्यालाई आधार मान्ने हो भने अझै नेपालमा ‘हेल्थ ह्युमन रिसोर्स’ को अभाव टरेको छैन । वर्षेनी हजारौं नर्स उत्पादन हु“दा पनि यस्तो जनशक्तिका ठूलै ‘क्राइसिस’ रहेको एकतर्फी आंकलन छ । तर उदेकलाग्दो कुरा, अहिले धेरै नर्स बेरोजगार छन् ।
एकातिर नर्सहरू बेरोजगार हुनु र अर्कोतर्फ त्यस्तो जनशक्ति बेरोजगार हुनुका पछाडि वितरण प्रणालीमै त्रुटि रहेको बताइन्छ । ‘सहरी क्षेत्रमा जताततै नर्स छन्,’ एक जानकार भन्छन्, ‘दुर्गममा एकजना पाउन पनि मुस्किल छ ।’ नर्सिङ गरेकाहरू सहरकेन्द्रित भएकाले यस्तो अवस्था आएको उनको भनाइ थियो । त्यसो त, सरकारी सेवामा पनि नर्सको कतिपय कोटा रिक्त नै छ । अधिकांश अस्पताल र स्वस्थ्य केन्द्रहरूमा आवश्यक नर्स छैनन् । सामान्यतया एउटा अस्पतालमा आठजना बिरामी बराबर एकजना नर्स हुनुपर्ने प्रावधान छ । यसअनुरूप अस्पतालहरूमा नर्स भने नियुक्त गरिएका छै्रनन् ।
क्रेज घटेको छैन
प्राविधिक विषयतर्फ नर्सिङ अध्ययन गर्नेहरूको जमात निकै ठूलो छ । नर्सिङप्रति जति क्रेज छ, उत्ति नै प्रतिस्पर्धा पनि । स्टाफ नर्स तथा अनमी कोर्स सकेपछि सोझै रोजगार बजारमा प्रवेश गर्ने भएकाले यस्तो प्रतिस्पर्धा बढेको हो । नेपाली रोजगार बजारमा वर्षेनी चार हजार यस्तो जनशक्ति थपिने गरेको तथ्यांक छ । प्रमाणपत्र तहको स्टाफ नर्सपछि स्नातक र स्नातकोत्तरसम्मको पढाइ गर्न सकिने भए पनि पढाइ छाडेर धेरैजना रोजगारको खोजीमा लाग्ने गरेका छन् । त्यसो त स्टाफ नर्स पछि नर्सिङमा स्नातक गर्नका लागि केही वर्ष स्वस्थ्यक्षेत्रमा काम गरेको हुनुपर्ने प्रावधानले गर्दा पनि यस्तो अवस्था आएको हो ।
नर्सिङलाई आकर्षक पेशाका रूपमा लिन थालिएपछि प्राविधिक विषय पढ्ने युवतीहरू यसतर्फ मोडिएका हुन् । नर्सिङमा थुप्र्रै विकल्प छन् । उनीहरूका लागि वैदेशिक रोजगारको समेत अवसर खुल्ला हुन्छ । धेरैजसोले वैदेशिक रोजगारको लक्ष्य राखेरै नर्सिङ अध्ययन गर्छन् । विदेशमा उनीहरूले आकर्षक पारिश्रमिक पाउने गरेका छन् ।
नेपालमा उत्पादित नर्सिङ क्षेत्रका जनशक्तिले युरोप, अमेरिका, जर्मनी, अस्ट्रेलियालगायतका देशमा रोजगारी पाउने गरेका छन् । नेपालबाट बिएसस्सी नर्सिङ गरेकामध्ये ५० प्रतिशतको हाराहारीमा बाहिरी मुलुकमा कामका लागि जाने गरेको त्रिभुवन विश्वविद्यालयको एक अध्ययनले देखाएको छ । स्वदेशमै  सरकारी सेवाअन्र्तगत प्राथमिक स्वस्थ्य केन्द्र, जिल्ला, अञ्चल तथा क्षेत्रीय अस्पताल, शिक्षण अस्पताल र राष्ट्रियस्तरका अस्पतालमा रोजगार पाउ“छन् । निजी क्षेत्रबाट अस्पताल तथा क्लिनिक खुल्ने क्रम प्रतिस्पर्धात्मक रूपमा बढेपछि यस क्षेत्रमा रोजगारको सम्भावना व्यापक बन्दै गएको वीर अस्पताल नर्सिङ क्याम्पसकी लेक्चरर सरीता श्रेष्ठ बताउ“छिन् । जिल्ला, क्षेत्रीय र केन्द्रीय अस्पताल गरी मुलुकभर ८७ सरकारी अस्पताल सञ्चालित छ । सरकारी र निजी गरी १९ मेडिकल कलेज सञ्चालित छन् ।  तथ्यांकअनुसार, सरकारी अस्पतालको तुलनामा ५ गुणा बढी निजी अस्पताल तथा नर्सिङ होम सञ्चालित छ ।
पेसाप्रति उदासीनता
जोखिमपूर्ण एवं संवेदनशील क्षेत्र हो नर्सिङ । रोगीको सोझो सम्पर्कमा बस्नुपर्ने भएकाले सुरक्षाका हिसाबले पनि यो पेसालाई जोखिमपूर्ण मानिन्छ । रोगीलाई स्याहार–सुसार गर्ने क्रममा उनीहरूले खतरा मोल्नुपर्ने अवस्था आउ“छ । विनाकारण रोगीको मृत्यु भएमा त्यसको जिम्मेवारीसमेत लिनुपर्ने डर हुन्छ । दिन–रात खट्नुपर्ने भएकाले उनीहरू स्वयं आफ्नो स्वास्थ्यको ख्याल गर्न नसक्ने गुनासो सुनिन्छ । चल्तीकै अस्पतालमा कार्यरत कतिपय नर्सले ‘पेन किलर खाएर’ समेत ड्युटीमा खट्नुपर्ने बताए । ‘बिरामी छु भन्न समेत पाइ“दैन,’ चार वर्षदेखि निजी अस्पतालमा काम गरिरहेकी एक नर्स भन्छिन्, ‘बेतलबी विदा मात्र पाइने भएकाले बिरामी भएरै ड्युटीमा खट्नुपर्ने बाध्यता छ ।’ नेपालमा नर्सहरूले पाउने पारिश्रमिक, सेवा सुविधामा एकरूपता छैन । मासिक तीन हजार रुपिया“ पारिश्रमिककै भरमा काम गर्नेहरू पनि छन् । त्यसैगरी, अहिलेसम्म नर्सहरूको स्वास्थ्य–स्थितिबारे कुनै निकायले अध्ययन अनुसन्धान गरेको छैन ।
निजी स्तरबाट सञ्चालित अस्पताल, क्लिनिकहरूले समेत नर्सहरूको बाध्यताको फाइदा उठाउने गरेको गुनासो सुनिन्छ । ‘नियुक्ति दिने भन्दै भोलेन्टियरको रूपमा खटाउ“छन्,’ दुई वर्षअघि स्टाफ नर्स सिध्याएकी एक नर्स भन्छिन्, ‘नियुक्ति दिने बेलामा कामबाट निकाल्छन् ।’ त्यस्तै, अस्पतालका कर्मचारीहरूको दुव्र्यवहारसमेत खेप्नुपर्ने उनले बताइन् । ‘नर्सिङ क्षेत्रमा यस्ता कयौं पीडा छन्,’ एक भुक्तभोगी भन्छिन्, ‘त्यसमा सरकारको ध्यान पुग्नु जरुरी छ ।’
एकातिर यस्तो अवस्था विद्यमान छ भने, अर्कोतिर नर्स बन्ने होड चुलि“दो छ । अनमी, स्टाफ नर्स, बिएन, बिएस्सी र एम एन अध्ययन गर्नेहरू थुप्रै भेटिन्छन् । नर्सिङप्रतिको यो क्रेजलाई मध्यनजर गर्दै त्रिविलगायत चारवटा विश्वविद्यालय र सिटिइभिटीको आंगिक तथा सम्बन्धनमा थुप्रै कलेजले विभिन्न जिल्लामा यो कोर्स उपलब्ध गराउ“दै आएका छन् । नेपालमा प्रमाणपत्र तहको नर्सिङ कोर्स गराउने १ सय ३ कलेज छन् । २५ कलेजले बिएस्सी  र २०  कलेजले बिएन कोर्स गराउने अनुमति लिएका छन् । त्यसैगरी महाराजगञ्ज नर्सिङ क्याम्पस, चितवन मेडिकल कलेज, ललितपुर नर्सिङ क्याम्पस र विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ क्याम्पसबाट नर्सिङमा स्नातकोत्तर गर्न सकिन्छ । अनमी अध्ययनका लागि भने ४८ वटा कलेजले मान्यता पाएका छन् ।
यसरी खुलेका अधिकांश कलेजले गुणस्तरीय शिक्षा दिनेमा शंका गर्न थालिएको छ ।  प्रयोगात्मक विषय भएकाले नर्सिङ कलेज भौतिक पूर्वाधार सम्पन्न हुनुपर्छ । अध्ययनको क्रममा व्यावहारिक प्रयोग गर्नुपर्ने भएकाले विद्यार्थीलाई अस्पलतामा काम गराइन्छ । त्यसैले नर्सिङ कलेजले अस्पताल सञ्चालन गरेको वा कुनै अस्पलताको अनुमति लिएको हुनुपर्ने प्रावधान छ ।
नर्सको विभिन्न तह छ, अनमीदेखि एमएन (मास्टर्स इन नर्स) सम्म । एसएलसी उत्तीर्णले स्टाफ नर्स तथा अनमी कोर्स गर्न सक्छन् । स्टाफ नर्सको तीन वर्षे कोर्सलाई प्रमाणपत्र तहको मान्यता दिइएको छ । स्टाफ नर्सपछि ब्याचलर इन नर्स (बिएन) र त्यसपछि मास्टर्स इन नर्सिङ अध्ययनको बाटो खुल्छ । स्टाफ नर्स नगरी प्लस टु पूरा गरेर पनि नर्सिङ कोर्स गर्न सकिन्छ । प्लस टुमा जीव विज्ञान लिएर उच्च अंकसहित उत्तीर्ण गरेकाले बेसिक बिएस्सी गर्न पाउ“छन् । बिएन दुई वर्षे कोर्स हो भने बेसिक बिएस्सी गर्न चार वर्ष लाग्छ । स्टाफ नर्सले कम्तीमा तीन वर्ष अनुभपछि मात्र नर्सिङ स्नातक (बिएन) गर्न पाउ“छन् तर सिटिइभिटीका कलेजहरूमा एक वर्ष अनुभवपछि भर्ना आवेदन दिन सकिन्छ । त्यसैगरी बिएस्सी तथा बिएन गरेपछि पनि सोझै स्नातकोत्तरमा भर्ना पाइ“दैन । बिएन र बिएस्सीपछि यस क्षेत्रमा दुई वर्ष अनुभव हासिल गरेको हुनुपर्छ ।  अनमी कोर्स पूरा गरेकाले पनि नर्सिङमा प्रमाणपत्र तहको कोर्स गर्न सक्छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*