नेपालकै गाउँ जहाँ गर्भवतीलाई डोरीमा झुन्ड्याइन्छ

पाँचथर, १० भदौ ।

जिल्लाको हिलिहाङ–४ साबिक पञ्चमी–८ की एक सुत्केरी महिलाको समयमै जिल्ला अस्पताल पाँचथरमा ल्याउन सक्दा ज्यान बचेको छ ।

स्थानीयवासी २२ वर्षीया तारा लुवागुनलाई सुत्केरी व्यथा लागेका बेला छिमेकी लय प्रसाद संग्रौैला आफ्नो खेतमा पानी लगाउन गएको बेला घरमा कोही मानिसको होहल्ला सुनेर उनी पनि त्यतैतिर लागे । त्यहाँ उनले लुवागुनलाई केही महिलाले डोरीमा झुण्ड्याएर केहीले पछाडिबाट ठेल्दै त केहीले छेउ छेउबाट निचोर्दै गरेको देखेपछि उनले ‘यो के गरेको भनी सोध्दा’ त्यहाँ भएका महिलाले ‘यसलाई सुत्केरी गराउन लागेको’ भनेपछि संग्रौलाले उनलाई यसो गर्नु हुन्न यसो गर्नाले आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन सक्छ । तुरुन्त जिल्ला अस्पताल लैजानुपर्छ भनी तत्काल सवारीसाधन समेतको व्यवस्था गरी स्वयंले लिएर आए ।

नियमित गर्भ जाँच समेत गरेको बताउने लुवागुन सुत्केरी हुन कसैले पनि अस्पताल जानुपर्छ नभनेको बरु हामीले कतिवटा बच्चा जन्मायौं रु भन्दै स्थानीयवासीले घरमै बच्चा जन्मिन्छ भनेको उनी सुनाउँछन् । लुवागुन अहिले अस्पतालको शैयामा छिन् । उनी छोरीका साथ बसिरहेका छन् । अहिले उनी भन्छिन्, ‘धन्य , लय काकाले मलाई बचाउनुभयो । अरूले अस्पताल जानु पर्दैन यहीँ हुन्छ भनेपछि मैले डोरीमा झुण्डिएर बच्चा जन्माउन खोजें ।’ ‘

मैले केहीबेर ढिला देखेको भए यी महिला र बच्चा दुवैको ज्यान जोखिममा हुन सक्थ्यो,’ संग्रौैलाले भने, ‘हाम्रो समाजमा चेतनाको कमी त छँदै छ, तर यतिसारो पिछडिएकै छ भन्ने मलाई नै थाहा थिएन ।’

आर्थिक रुपमा समेत कमजोर र परिवारका अन्य सदस्य समेत अपाङ्ग भएकी ती दलित महिलाका लागि संग्रौलााकै पहलमा जिल्लामा आर्थिक सहयोग समेत जुटेको छ । अहिले उनलाई विभिन्न स्रोतबाट करिब १५ हजार भन्दा बढीको सहयोग भएको तारा स्वयंले बताइन् । –राजधानी

      शनिबार, भदौ १०, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*