नेपालमा कोरोना संक्रमित संख्या सय नाघ्यो

संवाददाता ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या १०१ पुगेको जनाएको छ । बिहीबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै कपिलवस्तु ८ का १६ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।

मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले ती व्यक्तिहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको बताएका छन् ।

नेपालमा पहिलो पटक माघ ९ मा कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो केस १० चैतमा देखियो, जुन बढेर अब १०१ पुगेको छ । उनीहरु मध्ये १९ जना निको भएर घर फर्किएका छन् । निको भइसकेका तीन जनाको पुनः पोजिटिभ आएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार देशभर अहिले पनि १३३ जना चिकित्सकीय निगरानीमा छन् भने १७ हजारबढी क्वारेन्टाइनमा छन् ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति

health-minstry-press relse

 

बिहीबार, वैशाख २५, २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*