नेपाली गीत ‘गिनिज वर्ल्ड रेकर्ड बुक’मा

काठमाडौं । एउटै गीत १२ वटा भाषामा तयार पारे बापत गीतकार डीआर उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् ।

उपाध्यायले नेपाली गीत ‘मायाको सागरमा…’लाई हिन्दी, चिनियाँ, जापानी, अंग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले राजधानीमा गीतकार उपाध्यायलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे । मन्त्री यादवले यस्तो रेकर्ड मार्फत विश्वमा नेपाली सिर्जनाको नाम फैलनु गौरवको कुरा भएको बताए ।

गीतकार उपाध्यायकै गीतिसंग्रह ‘मायाको सागर…’मा यो गीत संग्रहित छ । गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने सागर अधिकारी ‘शरद’,प्रकाश तिमिल्सिना र गीतकार डीआर उपाध्यायले स्वर दिएका छन् ।

कार्यक्रममा गीतकार उपाध्यायले देशलाई विश्वमा चिनाउन कला सशक्त माध्यम भएको बताउँदै एउटै गीत १२ वटा भाषामा रेकर्ड गराएको बताए ।

शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*