‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार’ ब्राजाकीलाई

काठमाडौं, २५ कात्तिक ।

पहलमान सिंह स्वाँर स्मृति प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको २०७४ सालको ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार’ वरिष्ठ साहित्यकार मनु ब्राजाकीलाई प्रदान गर्ने भएको छ ।

त्यस्तै ‘पहलमान सिंह स्वाँर प्रतिभा पुरस्कार’ साहित्यकार तीर्थ श्रेष्ठ, तारामान अम्बिकादेवी स्वाँर शिक्षा पुरस्कार प्रा डा प्रेमकुमार खत्री र ‘बलमान सिंह स्वाँर चलचित्र पुरस्कार’ वरिष्ठ चलचित्र निर्देशक चेतन कार्कीलाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका संस्थापक सदस्य रहेर महत्वपूर्ण योगदान पुर्याउने प्रतिष्ठानका सदस्य वरिष्ठ गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेललाई सम्मान गर्ने निर्णय भएको सो प्रतिष्ठानले जनाएको छ ।

ती पुरस्कार स्वाँरको जन्मजयन्तीका अवसरमा मंसिर ६ गते प्रदान गरिँदै आएकामा यस वर्ष केही समयपछि विशेष समारोहको आयोजना गरी प्रदान गर्ने निर्णय भएको पनि सो प्रतिष्ठानले जनाएको छ ।

‘पहलमान सिंह स्वाँर दीर्घसाहित्य साधक पुरस्कार’ को राशि रु २५ हजार, ताम्रपत्र र दोसल्ला, ‘पहलमान सिंह स्वाँर साहित्य प्रतिभा पुरस्कार’ को राशि रु १० हजार, ताम्रपत्र र दोसल्ला, ‘तारामान सिंह अम्बिकादेवी स्वाँर शिक्षा पुरस्कार’ को राशि रु १० हजार, ताम्रपत्र र दोसल्ला तथा ‘बलमान सिंह स्वाँर चलचित्र पुरस्कार’को राशि रु १० हजार, ताम्रपत्र र दोसल्ला रहेको छ ।

शनिबार, कात्तिक २५, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*