पुष्पा बस्नेतलाई ‘दशककै प्रेरणादायी व्यक्तित्व’

काठमाडौं । समाज सेवामा सक्रिय नेपालकी पुष्पा बस्नेत ‘दशकको प्रेरणादायी व्यक्तित्व’ घोषित भएकी छन् ।

गोलकास्ट डटकमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन् ।

‘उनको लक्ष्यमा उनको समर्पणले हामी सबैलाई मूल्य र मान्यताको जीवन जिउन उत्प्रेरित गर्नेछ’ गोलकास्टले भनेको छ ।

स्मरणीय छ, जेल परेका आमाबाबुको सन्तानको पालनपोषण र शिक्षादीक्षा दिँदै आएकी पुष्पाले यही दशकमा सीएनन हिरो र सीएनएन सुपर हिरोको अवार्ड पनि जितेकी थिइन् ।

गोलकास्टले पुष्पालाई ‘आश्चर्यजनक मानव’को संज्ञा पनि दिएको छ । २०१० को दशकमा उनले बालबालिकाको शिक्षा र पालनपोषणको व्यवस्था गरिन् । २०१५ को भूकम्पमा उनको स्कुल भत्किए पनि त्यसलाई उनले पुनर्निर्माण गरिन् ।

गोलकास्टले दशकको प्रेरणादायी व्यक्तिको सूचीको १७ औं नम्बरमा सुर्खेतमा बालगृह सञ्चालन गर्ने म्यागी डोयन पनि परेकी छन् । उनले पनि सीएनन हिरोको अवार्ड जितेकी थिइन् ।

गोलकास्टको यो सूचीको दोस्रो नम्बरमा ग्रेटा थनवर्ग, दशौं नम्बरमा तरना बर्के र मिटू अभियान, ११ औं नम्बरमा स्टिभ जब्स र बीसौं नम्बरमा मलाला युसुफजाइ छन् ।

सोमबार, पुस ७, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*