बेलायतका प्रम र स्वास्थ्यमन्त्री दुवैलाई कोरोना

 

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ ।

जोनसनले ट्वीटरमा भिडियो पोष्ट गरेका छन्, जसमा आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको बताएका छन् । मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको भन्दै उनले भनेका छन्, म घरबाटै काम गरिरहेको छु ।’

डाउनिङ स्ट्रिटका एक प्रवक्ताकाअनुसार संक्रमणको पुष्टि भएसँगै उनी सेल्फ आइसोलेसनमा बसेका छन् । उनले आइसोलेसनमै बसेर सरकार चलाउनेछन् ।

आफ्नो सरकारी निवासमा आइसोलेसनमा बसे पनि भिडियो कन्फरेन्स मार्फत् कोरोनाभाइरस विरुद्धको लडाइँ लगायत सरकारका कामकारबाहीको नेतृत्व गर्ने जोन्सनले बताएका छन् ।

आधुनिक प्रविधिको सहयोगमा आफ्नो नेतृत्वको सरकारले भाइरसलाई छिट्टै परास्त गर्न सक्ने उनले बताएका छन् । जोन्सनका अनुसार उनमा हिजोदेखि ज्वरो र खोकी लगायतका लक्षण देखिएका थिए ।

यद्यपि केही दिन अगाडि नै उनका एक प्रवक्ताले जोन्सनलाई सन्चो नभएको अवस्थामा काम गर्नका लागि भनेर वरिष्ठतम मन्त्रीको हैसियतमा रहेका परराष्ट्रमन्त्री डोमिनिक राबलाई जोन्सनपछिको जिम्मेवारी तोकिएको बताएका थिए ।

५५ वर्षे जोन्सन बिहीबार राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रममा सहभागी भएका थिए । जोन्सनकी ‘फियान्सी’ क्यारी सिमन्ड्स हाल गर्भवती छिन् । आइसोलेसनमा रहँदा जोन्सन उनीसँगै बस्छन् वा छुट्टै भन्ने स्पष्ट भइसकेको छैन ।

बेलायतका स्वास्थ्यमन्त्रीलाई पनि कोरोना

UK Helht Mistr

बेलायतका स्वास्थ्यमन्त्री म्याट हानकक पनि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमति भएका छन् । बेलायती सञ्चारमाध्यमका अनुसार ४१ वर्षीय हानकक सेल्फ आइसोलेसनमा छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनमा पनि कोभिड–१९ संक्रमण शुक्रबार नै पुष्टि भएको थियो ।
जोनसन र हानककले बेलायतमा कोभिड–१९ को महामारीविरुद्धको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए । बेलायती प्रधानमन्त्री कार्यालयकाअनुसार मध्यम खालका लक्षण देखिएपछि जोनसन हाल सेल्फ आइसोलेसनमा छन् ।
विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड–१९ बाट संक्रमित हुने जोनसन पहिलो सरकार प्रमुख हुन् । बेलायतमा यसअघि युवराज चार्ल्स र उपस्वास्थ्यमन्त्री नदिन डोरिसलाई कोभिड–१९ को संक्रमण देखिइसकेको छ । युवराज चार्ल्स हाल पत्नीसहित स्कटल्यान्डस्थित निवासमा आइसोलेसनमा छन् ।

बेलायतमा हाल (शुक्रबार) सम्म १४ हजार ७ सय ३५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भइसकेको छ भने ७ सय ६० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

ब्रिटेनका राजकुमार चार्ल्सलाई पनि कोरोनाभाइरस सङ्क्रमण

Prince Charles

यसअघि बुधबार मार्च २५ मा सार्वजनिक भएको समाचारअनुसार, ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले पुष्टि गरेको छ। एकहत्तर वर्षीय राजकुमार चार्ल्सलाई मध्यम खालका लक्षणहरू देखिएको तर उनको स्वास्थ्यावस्था राम्रो भएको एक प्रवक्ताले बताएका छन्।

उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको छ। तर उनमा भाइरस भएको देखिएन। चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ।

केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका “कसबाट राजकुमारमा भाइरस सर्‍यो त्यो पत्ता लगाउन सम्भव” नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख छ। (एजेन्सी)

शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*