भूत भगाउन नेपालमा महिलालाई निर्मतापूवर्क कुटपिट ! (फोटोफिचर)

काठमाडौं, ४ मंसिर ।

हाम्रो देशमा रहेका अनेकन प्रथाहरूको बारेमा हामी अझै पनि अनभिज्ञ रहेका छौं । अरुले भनेपछि मात्र हामीले केही अनौठा चलनहरुको बारेमा थाहा पाउँछौ । यस्तै भएको छ, धनुषा जिल्लामा प्रचलित एक प्रथाको बारेमा पनि ।

त्यहाँ हरेक वर्ष भूत प्रेत भगाउने नाममा महिलालाई पानीमा डुबाएर निर्घात कुटपिट गरिन्छ । तान्त्रिकले गर्ने यस्तो कृत्यलाई उनीहरुले सहर्ष स्वीकार गर्छन् भनिन्छ ।


तान्त्रिकले महिलालाई कुटपिट त गर्छ नै, त्यस बापत मोटो रकम पनि लिन्छ । ‘द सन’ पत्रिकाको रिपोर्ट अनुसार सैयौं महिला कमला नदीमा पुग्छन् । उनीहरुको उदेश्य हुन्छ, भूतप्रेत उतार्ने । यसमा धेरैजसो महिला दलित परिवारका हुने गर्छन् ।



भूत भगाउने तान्त्रिकले ति महिलाहरुलाई नराम्ररी कुटपिट गर्छन् । कहिले उनीहरुलाई पानीको गहिरो भागमा डुबाउने प्रयास पनि गर्छ । तान्त्रिकले महिलालाई लासलाई जसरी निर्मता पूर्वक कुट्छन् । यसो गर्दा आफुमा रहेको भूत वा नराम्रो आत्मा हट्ने उनीहरुको विश्वास छ ।

सोमबार, मंसिर ४, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*