महाभारतकालीन नारीवाद

आलेख/बबिता बस्नेत   

कहिले गान्धारीको ठाउँमा, कहिले कुन्तीको ठाउँमा त कहिले द्रौपदीको स्थानमा आफूलाई राखेर हेर्ने महिलाहरू कति होलान् ? धेरै होलान् जसले महाभारतको कथा पढेका छन्, बुझेका छन्, सुनेका छन् । कथा नै थाहा नपाइकन तिनका पात्रहरूसँग तुलना गर्ने कुरा आएन । महाभारतकालीन यी महिलाहरु स्वयम्बर (आफैँले आफ्नो पति छान्ने काम) गर्थे । गान्धारीबाहेक कुन्ती र द्रौपदीले भारी सभामा विभिन्न देशका राजकुमारहरु लाइनमा राखेर स्वयम्बर गरेका हुन् । द्रौपदीलाई कसले पाउने भन्ने कुरामा सर्त राखिएको थियो । धनुष विद्यामा उत्कृष्ट हुनुपर्ने भनिएको मात्र थिएन, अभ्यास नै गराइएको थियो । कुन्तीले राजकुमारहरुको अनुहार र तिनको ‘फेसियल एक्स्प्रेसन’ छानी–छानी हेरेरै पाण्डुलाई रोजेकी थिइन् । अन्धालाई छोरी नदिने भनेर उनका बाबु र भाइ गान्धारी धृतराष्ट्रलाई दिन राजी थिएनन् । तर गान्धारी स्वयम् आफू धृतराष्ट्रसंग बिवाह गर्न राजी भएकी थिइन् । हस्तिनापुरका राजकुमार धृतराष्ट्रसंग बिवाहको प्रस्ताव गएपछि गान्धार नरेशकी छोरी गान्धारीले जब आफ्ना हुनेवाला पति दृष्टिविहीन भन्ने थाहा पाइन्, उनले पनि आँखामा पट्टि बाँध्ने निर्णय गरिन् । यसो गर्नुको कारण बताउँदै उनले भनेकी थिइन् —‘अन्धालाई बुझ्नका लागि अन्धकारलाई महसुस गर्न सक्नुपर्छ ।’ कुन्ती, दौपदी लगायत महाभारतकालीन नारीहरुलाई स्वयम् वर खोज्ने स्वतन्त्रता भए पनि हाम्रा आमा–हजुरआमाहरु बाबुआमाले जसलाई दिन्छन्, जस्तालाई दिन्छन्, लुरु लुरु पछि लाग्न बाध्य थिए । न त उमेर मिल्नु पथ्र्यो न त देखभेट नै गर्नु पथ्र्यो, विचार मिल्ने नमिल्ने त कुरै नगरौं ।

“नारीवाद” मा समानता र स्वतन्त्रताले ठुलो अर्थ राख्छ । जीवनसाथी रोज्ने अधिकारका बारेमा महिलामाथि हुने सबै प्रकारका भेदभावविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (सीड) मा उल्लेख छ भनी हामी गौरबका साथ भन्छौं । महाभारतका महिला पात्रहरुले त्यो अधिकारको अभ्यास पहिल्यै गरेका थिए । महिलाले स्वयम्बर गर्ने भएकाले त्यतिबेलाका पुरुषहरु महिलाहरुबाट ‘रिजेक्ट’ हुन सक्थे । धेरै पुरुषहरुका बीच एकजनालाई माला लगाइदिने हुँदा भयंकर पराक्रमी भनेर चिनिएका, मानिएका राजकुमारहरु पनि रिजेक्ट भएर फर्कनु पथ्र्यो । यता, राम्री लागेन या खुट्टाका औंला मिलेनन् या शिर अँध्यारो भयो लगायतका अनेक बहानामा महिलाहरुलाई बिवाहका लागि हेर्ने र छोड्ने क्रम अहिले पनि जारी छ ।

नारीवादलाई पछिल्लो समयमा पुरुषलाई ‘इरिटेट’ गर्ने शब्दका रुपमा लिनेहरुको संख्या ठुलो छ । तर नारीवादको अर्थ त समानतासंग मात्रै जोडिएको छ । अहिलेका महिलाहरुले दृष्टि बिहिन ब्यक्तिलाई जीवन साथी रोज्ने हिम्मत गर्लान कि नगर्लान तर त्यतिबेला गान्धारीले त गरिन । यद्दपी बिवाह गरेपछि आँखामा पट्टी नबाँधीएको भए अझ राम्रो हुने थियो भन्न सकिन्छ । उनको आँखाबाट संसार हेर्ने धृतराष्ट्रको चाहना अधुरो रह्यो । आमाको नामबाट सन्तानहरु चिनिदा त्यतिबेला गौरब गरिन्थ्यो । पाँच पाण्डबहरु पाण्डुपुत्र भन्दा बढि कुन्ती पुत्र या कुन्तेय भनेरै चिनिए । कृष्णलाई देवकीनन्दन नै भनियो, भीष्मलाई गंगापुत्र भनेरै सम्बोधन गरिन्थ्यो ।

तर अहिले आमाको नामबाट सन्तानलाई नागरिकता दिनका लागि अनेक लवी र एड्भोकेसी गर्नु परेको छ । मनमा प्रश्नले बेला बेलामा ठाउँ लिइ रहन्छ, त्यतिबेलाको नारीवाद दह्रो कि अहिलेको ?

द्रौपदी महाभारतकी सबै भन्दा चर्चित पात्र हुन । यसो हुनुका अनेक कारण छन । त्यसमध्ये धर्मराज भनेर मानिएका युधिष्ठिरले उनलाई जुवामा दाउ राख्नु र भारी सभामा उनको अपमान प्रमुख कारण हुन । सम्पत्तिका रुपमा द्रौपदीलाई जुवाको खालमा दाउ राखेर जग्गा जमिन र पैसा जस्तै गरी हानेपछिका संवादहरु मन छुने छन ।

महिलालाई बस्तुको रुपमा हेर्न मिल्छ कि मिल्दैन, पाइन्छ कि पाइदैन भन्ने बहस महाभारतकालदेखि नै रहेको देखिन्छ । मलाई जुवा हान्नका लागि म तिमीले चाहेको बेला प्योग गर्ने सम्पत्ति होइन भनेर द्रौपदीले पटक पटक भनेकी छिन । जुन कुरामा उनकी सासु कुन्ती र बढि सासु गान्धारीले कुन्तीको भरपुर साथ दिएका छन । यो मेरो मात्र होइन सारा नारी जातीको इज्जतसंग जोडिएको कुरा हो भनेर कुन्तीले भनेकी छन । कुन्तीलाई लछार पछार गर्दै ल्याएर सारी उतार्न लगाएको (चीर हरण) प्रसंगमा नारी जातीको सम्मान र आत्मसम्मानको कुरा गान्धारीले सशक्त रुपमा उठाएकी छन । हस्तिनापुरका पुरुषहरुलाई गान्धारीले ‘महिलाको अपमान गरेर तिमीहरुको सम्मान बढ्दैन’ भनेकी छन । त्यस अघि अर्जुनले कुन्तीलाई बिवाह गरेर ल्याएपछि आमा कुन्तीले भिक्षा ल्याएको भनी सबै दाजुभाईले बराबरी बाँडेर लिनु भनेका बचनलाई लिएर पनि लामो छलफल भएको छ । पत्नीलाई भिक्षा भन्न तिमीले कसरी सक्यौं ? पत्नीलाई भिक्षा भन्न मिल्छ  ? भनेर कुन्तीले अर्जुनलाई प्रश्न गरेकी छिन ।

babita basnet

                         बबिता बस्नेत 
अधिकारसंगै कर्तब्यका धेरै कुरा छन महाभारतमा । आमा हुनुको अधिकार माग्दै गर्दा कर्णले उत्तरदायीत्वको कुरा संझाएका छन । आमा हुनुको कर्तब्य नगरी नदीमा बगाइ दिने आमा प्रति उनका कठोर शब्दहरुले बच्चा पाउनु मात्रैले आमा भइदैन भन्ने सन्देश दिएको छ । कर्ण कुन्तीले अविबाहित अवस्थामै पाएका छोरा हुन । कुमारी आमा हुने कुरा अहिले त जिब्रो टोकिन्छ, त्यतिबेला के सम्म हुन्थ्यो होला ? लोकलाजबाट बच्नका लागि कुन्तीले आफ्नो पहिलो सन्तान कर्णलाई फूलको ढकीमा राखेर नदीमा बगाएकी थिइन । लोकलाजकै कारण अहिले कति शिसुहरु संसारै नदेखी आमाकै हातबाट मर्न बाध्य छन ।

महाभारतकालमा पनि नारीवादी पुरुषहरु थिए । समानताकै परिभाषा भित्र समेटिने महिलाको अस्तित्व स्वीकार गर्नु र उनीहरुको आत्मसम्मानलाई महत्व दिनु नारीवाद हो । भारी सभामा सारी तान्ने पुरुषनै भए पनि बेइजती हुनबाट जोगाउनका लागि अघि सर्ने कृष्ण पनि पुरुषनै थिए । चीर हरण प्रयास पछि बिह्वल द्रौपदीलाई गान्धारी भन्छिन—‘आफ्नो आँशु आफै पुछ द्रौपदी, हात उठाउ, आँशु पुछ ।’ हामी अहिले महिलाहरु आफै सक्षम र सशक्त हुनु पर्छ भनी रहेका छौं । आँशु पुछ्नुको अर्थ सशक्त हुनु हो । भारी सभामा द्रौपदीको बेइज्जती काण्ड पछि बिदुरले महारानी भनेर सम्बोधन गर्दा गान्धारी प्रश्न गर्छिन—‘महिलाको सम्मान नहुने यस्तो राज्यमा के म महारानीको सम्बोधन गरिन योग्य छुरु’तर हामी कहाँ जिउँदै जलाउने, बलात्कार लगायतका घटनाहरु हुँदा पनि कुनै उच्च पदस्थहरुले प्रश्न गरेको सुनिएको छैन, यतिका घटनामा केही गर्न नसक्दा नसक्दै पनि के म यो मुलुकको प्रधानमन्त्री या राष्ट्रपति भनिन योग्य छु ? नारीवाद पुरुषको बिरोध होइन, प्रबृत्तिको बिरोध हो, पितृसत्ताको बिरोध हो । हामी कहाँ भएका धेरैजसो नारीवादी महिला र पुरुषहरु उदारवादी नारीवादी हुन भन्न मिल्छ ।

कतिपय अर्थमा महाभारतकालीन नारीवाद उदारवादी नारीवाद भन्दा माथि झैं लाग्छ । महाभारतमा सबैभन्दा उल्लेखनीय नारी पात्र को हुन ? भनेर गरिने प्रश्नमा यस पंतिकारको उत्तर हुन्छ, ‘सत्यवती’ । देश र बंश परम्परा चलाउनका लागि कुन हद सम्मको नीति अवलम्बन गर्नु पर्ने हुन सक्छ भन्ने कुराको उदाहरण हुन सत्यवती । महाभारत पुरुषको युद्ध भए पनि भरतबंश धान्नका लागि महारानी सत्यवतीको योगदान कल्पनानै गर्न नसक्ने प्रकारको छ । आफ्नी बुहारीलाई आफ्नो छोरा अर्थात ति बुहारीका पति बाहेक अरु कसैसंग शाारीरिक सम्बन्ध राख भनेर कुन आमाले भन्न सक्छ ? त्यसो भन्नु उचित थियो या थिएन बहसको बिषय हुनसक्छ तर उनले बुहारीहरुलाई गरेको ‘काउन्सिलिङ्ग’ आश्चार्यलाग्दो छ । अहिले हामी एकल महिलाको पुनरबिवाहको कुरा गरि रहेका छौं, त्यतिबेला सत्यवतीले आफ्ना एकल बुहारीहरु गर्भवती हुने परिकल्पना मात्र गरिनन, ब्यास (उनकै बिवाहपुर्वका छोरा) संग सम्बन्ध राख्न बुहारीहरुलाई मानसिक रुपले तयार समेत गरिन । यद्दपी राजकुमारको कल्पना गर्दै हुर्किएका राजकुमारसंगै बिवाह भएका बुहारीहरुलाई गेरु बसत्र र चन्दनको टीका लगाएका, लामो दारी पालेका हेर्दै डरलाग्दा ऋषीसंगको सम्बन्ध सहज भएन । तथापी त्यतिबेलाको जमानामा त्यो स्तरको सोच आफैमा आश्चार्यजनक छ ।

gandhari
राजा सन्तनुसंग बिवाह भएपछि उनका दुइ छोरा जन्मिए, चित्राङ्गद र बिचित्रबिर्य । चित्राङ्गदको सानैमा मृत्यु भयो । दुइ रानी भित्राएको केही दिनमैं बिचित्रबिर्यको पनि निधन भयो । राजा सन्तनुको पहिल्यै निधन भइ सकेको थियो । छोराको मृत्युको शोक त छँदै थियो, त्यसमा पनि सन्तान नभई भएको मृत्युले बंश परम्पराान मात्र होइन देशको नेतृत्वमैं संकट आउने कुराले सत्यवतीलाई थप चिन्तित बनायो । आफ्नै लागि गरिएको सौतेनी छोरा भिष्मको प्रतिज्ञा तोड्न नसकेपछि उनले आफु मत्स्यगन्धा हुँदै जन्मिएको छोरा र बिधवा बुहारीहरुको सम्बन्धको परिकल्पना गरेकी थिइन । ऋषी ब्यासले आफ्नो भेष बदलेर राजकुमारीहरुसंगको सम्बन्धका लागि योग्य बन्न केही समय मागेपनि उनले दिइनन । कारण, आफ्ना बुहारीहरु माथि कसैले शंका नगरुँन भन्ने चाहनानै हो भन्न सकिन्छ । छोराको मृत्यु भइ सकेको अवस्थामा लामो समय पछिको गर्भधारणले बुहारीहरु माथि लोकको शंका जन्मन सक्थयो । बुहारीलाई काउन्सिलिङ्ग गर्ने क्रममा सासु सत्यवतीले भनेकी थिइन—‘बच्चा जन्माएर कुल परम्परा धान्ने काम तिम्रा श्रीमान अर्थात मेरो छोराको थियो तर उ आफ्नो कर्तब्य पुरा नगरी यो संसारबाट बिदा भयो । जब पतिले गर्नै पर्ने कुनै कर्तब्य गर्दैन त्यो पत्नी स्वयंले गर्नु पर्ने हुन्छ, जाउ ऋषी ब्यास तिमीलाई पर्खि रहेका छन ।’

सासुको आज्ञालाई बुहारीहरुले बिना प्रतिवाद स्वीकार त गरे तर प्रेमी या जीवनसाथीको रुपमा राजकुमारको कल्पना गर्दै हुर्किएका उनीहरुका लागि ऋषीसंगको सम्बन्ध सहज हुने कुरै भएन । ऋषी ब्यासलाई देखेपछि बुहारी अम्बिका डराइन र आँखा चिम्लिइन, परिणामतः दृष्टिबिहिन बच्चाको जन्म भयो, धृतराष्ट्र । ऋषीले आमा सत्यवतीलाई अम्बिकाले अत्याधिक डराई दुबै आँखा चिम्म गरेकाले दृष्टिबिहिन बच्चा जन्मिने बताएपछि उनले अर्की बुहारी अम्बालिकालाई पनि दिदीलाई जस्तै गरी काउन्सिलिङ्ग गरिन । अम्बिका र अम्बालिका दिदी बैनी थिए । अम्बालिका पनि डराइन, ऋषीलाई देखेपछि उनको पुरै शरीर डरले सेतो भयो । परिणामतः पाण्डु जन्मिए, जन्मदै रोगी । दिदी बैनी दुबै डराएपछि दिदी अम्बिकाले आफ्नी दासाीलाई ऋषी सामु पठाइन । सपना फरक भएका कारणले हुन सक्छ, दासी उक्त सम्बन्धमा रोमान्चित भइन, परिणाम बिदुर जन्मिए , धुरन्धर बिद्वानका रुपमा रहेका उनको बिदुर नीति प्रख्यात छ ।

अहिले मेडिकल डाक्टरहरु भन्छन, महिलाहरुले गर्भवती हुँदा चिन्ता लिनु हुदैन, मन खिन्न गर्नु हुदैन, खुशी रहनु पर्छ, सकरात्मक सोच्नु पर्छ । यो कुरा महाभारतकालमैं स्थापित भई सकेको थियो । सम्बन्ध राख्दाको परिस्थिति र मुड अनुसारको बच्चा जन्मिन्छ भन्ने उदाहरण धृतराष्ट्र, पाण्डु र बिदुर हुन । महाभारतकाल र बर्तमान समयको फरक के हो भनें यतिबेला भए बिदुरको कानूनी हैसियतको खोजी हुन्थ्यो तर त्यतिबेला कसैले प्रश्न उठाएन र उनी हस्तिनापुरका मन्त्री बनेर राजकाजमा सधै सहभागी भए । माहाभारतको युद्ध सुरु भएपछि बिदुर धृतराष्ट्रका आँखानै बनें भनेंपनि हुन्छ, राजा धृतराष्ट्रलाई युद्धको सारा बर्णन उनैले गरेका हुन ।

अहिले भए कुन्तीलाई भरतबंशकी बुहारी राजमाता भनेर कसैले मान्थ्यो मान्दैनथ्यो यसै भन्न सकिन्न । ससाना कुरामा शंका उपशंका गरेर बुहारीलाई घरबाट निकालि दिने र चरित्रका नाममा सम्बन्ध बिच्छेद दिने समाजमा कुन्तिको स्थान कहाँ हुन्थ्यो होलारु नारीवादका नाममा हिन्दु धर्मशास्त्रहरुको बिरोध गर्नेहरुले यस्ता कुराहरुलाई सुक्ष्म रुपले हेरेर बिश्लेषण गरे जस्तो लाग्दैन । महाभारतका धेरै प्रसगंमा अहिलेका महिलाहरुभन्दा महाभारतकालीन महिलाहरु सशक्त लाग्छन । पुरुषलाई बंश परम्परा धान्ने संज्ञा दिएर बंशजको अधिकार दिने समाजमा महिलाले बंश धान्नका लागि गरेका अनेक प्रयासहरु महाभारतमा लिपिबद्ध छन । ‘जब पुरुषले कुनै काम गर्न सक्दैन, त्यो काम महिलाले गर्नु पर्छ’ भन्ने सत्यवतीको संवाद बंश परम्परा धान्ने सवालमा मात्र होइन राज्य संचालनका सवालमा पनि त्यतिकै लागु हुन्छ ।

मत्स्यगन्धाको कथा झनै रोचक छ । सत्यवतीकै पूर्व रूप हुन् मत्स्यगन्धा, जो माझीको काम गर्थिन् । मानिसहरूलाई डुंगामा राखेर वारीपारी गर्नु उनको दैनिक कार्य थियो । यसको अर्थ कामकाजी महिला त्यतिबेला देखिनै थिए जो आफै काम गरेर गुजारा गर्थे । परासर ऋषि र उनको सम्बन्धलाई प्रेम भन्दा बढी ऋषिको शक्ति प्रयोगका रुपमा लिनु पर्छ शायद । ऋषि परासर र मत्स्यगन्धाको सम्बन्धबाट ब्यासको जन्म भएको थियो, जो पछि ऋषि वेदब्यासका नामले प्रसिद्ध भए । तनहुँमा उनको जन्म भएबाट मत्स्यगन्धाको कार्यथलो पनि त्यही वरिपरीको नदी थियो भनी अनुमान गर्न सकिन्छ । उनै मत्स्यगन्धालाई कामकाजी रहेकै अवस्थामा राजा ान्तनुले मन पराई विवाह गरेका थिए ।

सम्बन्धमा उदार हुनु नारीवादको परिभाषा भित्र पर्दैन । तर महाभारतकालीन महिलाहरूले जे गरे ती आफ्नो खुसी र सन्तुष्टिका लागि कम र वंश परम्पराको हितका लागि बढी गरेको देखिन्छ । (कुशेमालिका अनलाइनबाट)//(basnetbabita7@hotmail.com)

बिहीबार,१२ पुस, २०७५ मा प्रकाशित//(Published on Thursday, December 27, 2018)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*