महिला हिंसाविरूद्धको १६ दिने अभियान आजबाट सुरु

काठमाडौं , ९ मंसिर ।

महिला हिंसा विरोधी १६ दिने अभियानको आज विभिन्न कार्यक्रम गरी सुरुवात गरिएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्भर १० तारिख सम्म यो दिवस १६ दिन सम्म मनाइने गरिन्छ । ‘महिला हिंसा विरुद्ध सबै जुटौ कोही नछुटौं’ भन्ने मूल नाराका साथ उक्त अभियानको सुरुवात भएको हो ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २००५ देखि प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई महिला विरुद्ध हुने हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको छ । उक्त अवसरमा नेपालमा पनि १६ दिन सम्म लैगिंक हिंसा अन्त्यका लागि विभिन्न संघसंस्थाहरुले चेतनामुलक कार्यक्रमहरु गर्ने गरेका छन् ।

यसै बीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महिला हिंसा विरुद्ध काम गर्नै विभिन्न संघसंस्थाहरूले यस दिवसले समाज, देश र अन्तर्राष्ट्रियस्तरमा महिला हिंसालाई निषेध र निरुत्साहन गर्ने कार्यमा हौसला प्रदान गर्ने धारणा राखेका छन् । महिला हिंसा विरुद्ध कार्यरत संस्थाहरूले महिला विरोधी विभिन्न कूसंस्कार तथा अन्धविश्वासको अन्त्यका लागि यस्ता संस्थाको औचित्य रहेको बताएका छन् ।

महिला विरोधी हुने हिंसा पितृसत्तात्मक समाजको उपज हो । सन् २००५ देखि २०१६ सम्मको तथ्यांकले ८७ मुलुकहरूमा करिब १५ देखि ४९ वर्ष उमेर समूहका महिलाहरू शारीरिक तथा मानसिक रुपमा महिला हिंसाका शिकार हुने गरेको पाइएको छ ।

विश्वमा कूल जनसंख्याको करिब ५२ प्रतिशत महिलाहरू विभिन्न प्रकारका हिंसाको शिकार बन्न बाध्य भएको एक तथ्यांकले पुष्टि गरेको छ । प्रत्येक ३ महिलाहरू मध्ये १ महिलाहरू प्रत्येक मिनेट महिला हिंसाको शिकार हुने गरेको संयुक्त राष्ट्रसंघको तथ्यांकले सार्वजनिक गरेको छ ।

शनिबार, मंसिर ९, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*