‘मी टु’ मुद्दा जितेकी पत्रकारलाई ३४ लाख येन क्षतिपूर्ति

टोक्यो । जापानमा मी टु अभियानमा सहभागी भएकी महिला पत्रकारले बलात्कारको मुद्दा जितेकी छिन् । ३० वर्षीया पत्रकार शियोरी इतोले हिम्मतका साथ आफूमाथि भएको अन्यायलाई सार्वजनिक गरेकी थिइन् । टोक्योको अदालतले बुधबार मुद्दाको फैसला सुनाएको हो ।

पीडित महिला पत्रकारले ३.३ मिलियन जापानी येन (३० हजार अमेरिकी डलर) क्षतिपूर्ति पाएकी छिन् । इतोले भने ११ मिलियन जापानी येनको माग गरेकी थिइन्। जापानमा मी टु अभियानमा हाइ प्रोफाइल केसको चर्चा बढेको थियो । सन् २०१५ मा ५३ वर्षीय नोरियुकी यामागुचीले आफूलाई बलात्कार गरेको भन्दै इतोले मुद्दा दर्ता गरेकी थिइन् । नोरिया यामागुची जापानको चर्चित न्युज च्यानलका पत्रकार हुन् ।

त्यतिबेला इन्टर्न गर्दै गरेका इतोलाई जागिरको विषयमा छलफल गर्न भन्दै उनले डिनरका लागि बोलाएका थिए । त्यसैबीच उनले इतोलाई बेहोश बनाएर बलात्कार गरेको इतोको दाबी थियो । उनले इतोको दानामा बेहोश हुने औषधि मिसाएका थिए ।

प्रधानमन्त्री सिन्जो आबेसँग घनिष्ठ सम्बन्ध भएका यामागुचीमाथि प्रहरीले मुद्दा दर्ता गर्न पनि आनाकानी गरेको थियो । यामागुचीले आफूमाथि लागेको आरोप गलत भन्दै उल्टै इतोमाथि मानहानिको मुद्दा जाहेर गरेका थिए । उनले मानहानिको मुद्दामा इतोसँग १३० मिलियन येनको माग गरेका थिए । तर त्यो मुद्दा अदालतले खारेज गर्यो ।

japani-journalist me 2 a

जापानका साथै विदेशमा पनि यसले प्रमुख समाचारको रुप लिएको थियो । २०१७ मा गरिएको एक निरीक्षणअनुसार केवल चार प्रतिशत पीडित मात्र प्रहरीमा उजुरी गर्न पुग्छन् ।

‘म अत्यन्त खुसी छु,’ आफूले जीत हासिल गरेपछि इतोले भनिन् । फैसला पछि उनले जित लेखेको ब्यानर आफ्नो हातमा बोकेकी थिइन् ।

अदालतले यामागुचीलाई दोषी बनाउँदै क्षतिपूर्ति तिराउन फैसला गरेको छ । तर यसपश्चात उनीविरुद्ध कुनै अपराधिक मुद्दा बाँकी रहने छैन् । (एजेन्सी)

बिहीबार, पुस ३, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*