मुलुकभर ६५ प्रतिशत मतदान, सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत

काठमाडौं, ११ मंसिर ।

पहिलो चरणमा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा औसत ६५ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा मुलुकभर ६५ प्रतिशत मत खसेको छ । यो प्रतिशत स्थानिय चुनावको भन्दा ८ प्रतिशतले कम हो । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ ।

४४ सय ६५ मतदान केन्द्र मध्ये दुईवटा केन्द्रमा बाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । मतदान सम्पन्न भए लगत्तै मतपेटिका जिल्ला सदरमुकाम स्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याइनेछ । आयोगका अनुसार संकलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहन्छन् ।

मुलुकभरबाट मतदानको विस्तृत विवरण आउने क्रम जारी रहेको छ । उच्च पहाडी र हिमाली ३२ जिल्लामा आइतबार १० मंसिरमा पहिलो चरणको निर्वाचन भएको हो भने बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

सोमबार, ११ मंसिर, २०७४ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*