मेरो चाहना

– मोना शेर्पा

 

तिम्रो प्राप्ति मेरो उद्देश्य होइन,

केवल देखिरहन चाहन्छु ।

स्वामित्वको कुनै गन्ध नदेख,

म त तिमीलाई सुनिरहन चाहन्छु ।।

 

फुलै पान गर्दैन भमराले

केवल क्षण रस मात्र हो ।

खोलै सुक्ने घुट्की त लिन्न,

प्यास मेटाएको मात्र हो बटुवाले ।।

 

व्यर्थको त्रास नपाल तिमी,

अलिकति हाँसिदिए पुग्छ ।

तिम्रो प्राप्ति मेरो उद्देश्य होइन,

मात्र हेरिरहन चाहेको हो ।।

 

(असार १५, २०७४ मा प्रकाशित)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*