यस्तै रहेछ जिन्दगी

 

shanta kunwar

– शान्ता कुँवर

कहिले आँसु त कहिले हाँसो हो जिन्दगी
लिएपछि फिर्ता गर्ने नासो हो जिन्दगी
देह आत्मा मिले जीवन टुटे मुत्यु मरण
उड्ने मन कसी राख्ने सनासो हो जिन्दगी
सोझाउन सक्ने हान्न नसक्ने बन्दूकको नाल रहेछ जिन्दगी
सामान किनी दुकानीले दिने चिटिक्कको बिल रहेछ जिन्दगी
परस्परमा मिल्ने चिनी पानीको घोल रहेछ जिन्दगी
अघिल्ला र पछिल्ला पुस्तालाई जोड्ने पुल रहेछ जिन्दगी ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*