युरोपियन पारा तेक्वानदोमा नेपालकी सीतालाई कांस्य ।

काठमान्डु, १ असोज । पोल्यान्डको वार्सामा सम्पन्न पाँचौं युरोपियन पारा तेक्वानदो च्याम्पियनसिपमा नेपालकी सीता भण्डारीले कांस्य पदक जितेकी छन् ।
के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि सीताले कांस्य जितेको टोली व्यवस्थापक दीपक विष्टले जनाएका हुन् । पहिलो खेलमा रुसकी अब्दुलोभा सेभिललाई १२–१ अंक अन्तरले पराजित गर्दै सीता सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा पनि सीताले रुसकै खेलाडीलाई प्रतिद्वन्द्वीका रूपमा पाएकी थिइन् । सीता रमाजानोभा अयशतसँग १–६ ले पछि परिन् र फाइनलमा पुग्नबाट वञ्चित भइन् ।
के ४४ क्याटगोरीअन्तर्गत नै महिला ४०–५० केजीमा नेपालको चुनौती प्रस्तुत गरेकी रञ्जना धामी उज्वेकिस्तानकी इशाकोभा जियोडाखोनसँग सडन डेथमा पराजित भइन् । टिम प्रशिक्षकमा कल्याण कुँवर छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*