यो सहर बिरामी भा’छ

गजल/कल्पना भण्डारी

तिमी हिँडेपछि यो सहर बिरामी भा’छ अचेल
समुन्द्र झैं शान्त मनमा सुनामी आ’छ अचेल

खुसी सुख सबै गए, केही छैन मेरो वशमा
तिम्रै लागि धड्कन पनि लिलामीमा छ अचेल

समयको अन्तरालमा आशा स्वयम किनार लाग्यो
धैर्य गर्ने शक्ति छैन ममा, मन नै हरामी भा’छ अचेल

जे जे भनोस दुनियाँले मलाई के सरोकार भो
चोखो प्रेमको चोक चोकमा बद्नामी भा’छ अचेल

आऊ छिटो म बिलाएँ भने, खुसी खोज्दै हिँड्नुपर्ला
नभनोस् तिमीलाई समयले भोलि ‘मलामी’ गा’छ अचेल

 

Kalpana bhandari

– कल्पना भण्डारी

बुधबार, मंसिर १३, २०७४ मा प्रकाशित

2 Comments on यो सहर बिरामी भा’छ

  1. How beautiful,literary,poetical,controversial,factful,truthful regarding the issues on the sickness of this city!!Proceed your pen ahead to jot it down more Gajals just around the corner by showing the experiences with sea,strait,environment,nature,humans,society,love,hatrec,vilification,satire,critism,love even if love is pure not contaminated and full of chaos!!

Leave a Reply to Dr.Amrit Sapkota Cancel reply

Your email address will not be published.


*