राम लिम्बु बने ‘दि भ्वाइस अफ नेपाल सिजन २’ विजेता

काठमाडौं । ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता राम लिम्बु बनेका छन् । अन्तिम चारबाट विजेता चयन गरिएको थियो । हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शोको दोश्रो सिजनको विजेता राम बनेका हुन् । कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन् ।

‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए ।

उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन् । उनले, विजेता बनेसँगै कार पुरस्कार पाएका छन् । साथै, म्यूजिक नेपालबाट उनको एल्बम समेत सार्वजनिक हुनेछ । काठमाण्डौको पाँच तारे होटल हायातमा फाइनल कार्यक्रम आयोजना भएको थियो ।

हजारौ दर्शकको विचमा फाइनल कार्यक्रम आयोजना भैरहँदा दर्शकमा विजेता को बन्छ भन्ने उत्साह समेत थियो ।

बेलुकी सात बजेबाट ११ बजेसम्म हिमालय टीभीले यो कार्यक्रम प्रत्यक्ष प्रशारण समेत गरेको थियो । यो सिजनको कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत थिए । गत बर्ष कोच दीपको टिमबाट सीडी विजय अधिकारीले यो चर्चित रियालिटी शोको टाइटल जितेका थिए ।

शनिबार, मंसिर २१, २०७६ मा प्रकाशित

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*